आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले जिल्ला र पालिका इञ्चार्जलाई स्वागत

एमाले जिल्ला र पालिका इञ्चार्जलाई स्वागत


  • ढोरपाटन संवाददाता
  • असार ५ २०८०, मंगलबार

बागलुङ/ नेकपा एमाले जिल्ला कमिटि बागलुङले केन्द्रिय कमिटिले खटाएका जिल्ला इञ्चार्जलाई स्वागत गरेको छ । मंगलबार पार्टी कार्यालयमा आयोजित एक समारोहमा जिल्ला इञ्चार्जको रुपमा आएका पार्टीको पोलिटव्युरो सदस्य जगत विश्वकर्मालाई स्वागत गरिएको हो ।

नेकपा एमाले केन्द्रिय कमिटीको पाँचौँ बैठकले पार्टीको कामलाई चुस्त र प्रभावकारी बनाउनका लागि जिल्ला इन्चार्ज र पालिका इन्चार्ज अदलबदल गरेको थियो ।
बागलुङका पालिका इन्चार्जको रुपमा केन्द्रिय सदस्य इन्द्रलाल सापकोटालाई बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका तथा केन्द्रिय सदस्य सावित्रा रानालाई गल्कोट नगरपालिका, ढोरपाटन नगरपालिका, ताराखोला, बडिगाड, तमानखोला र निसीखोला गाउपालिकामा खटाएको छ ।

पार्टीले संचालन गरेको मिसन ग्रासरुट अभियानका क्रममा पहिचान भएका समस्या समाधानमा अग्रणी भुमिका खेल्ने, जिल्ला पार्टीको वार्षिक कार्ययोजना निर्माण गर्ने । नियमित बैठक संचालन गर्ने, जनसंगठनहरुको गठन गर्ने तथा पार्टी सदस्यता नविकरण तथा विस्तार गर्ने अभियान रहेको छ । एमालेको जिल्ला कमिटि बागलुङले पालिका कमिटिहरुको बैठकको आयोजना गर्न लगाएको छ ।

असार ५ गते ढोरपाटन नगरपालिका, असार ६ गते बडिगाड गाउँपालिका , असार ७ गते गल्कोट नगरपालिका, असार ८ गते बागलुङ नगरपालिका, असार ९ गते काठेखोला गाउँपालिका र असार १० गते बरेङ गाउँपालिका कमिटिको बैठकको आयोजना गरेको कार्यालय सचिव अमर थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->