बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

ताराखोलाको बजेट ३६ करोड ६७ लाख

ताराखोलाको बजेट ३६ करोड ६७ लाख


  • ढोरपाटन संवाददाता
  • असार ९ २०८०, शनिबार

बागलुङ/ बागलुङको ताराखोला गाउँपालिकाले ३६ करोड ६७ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको तेस्रो गाउँसभामा उपाध्यक्ष भीमबहादुर रोकाले प्रस्तुत गरेका बजेट वक्तव्यमा गाउँपालिकाले
कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी र कृषि उपजको बजारीकरणका लागि प्राथमिकतामा राखिएको छ ।

गाउँपालिकाका गौरवका आयोजनाहरुलाई प्राथमिकतामा राखिएको छ । ‘अध्यक्षसँग श्रमिक कार्यक्रम’ मार्फत किसान, मजदुर तथा श्रमजीवि वर्गहरुलाई गाउँपालिकामा विकासको मुख्य केन्द्रमा राख्ने बजेटमा उल्लेख छ । शैक्षिक क्षेत्रमा बृहत गुरुयोजना सहित गुणस्तरीयता अभिवृद्धि गर्ने, विलासिताको वस्तुहरुमा आयात प्रतिस्थापन र स्थानीय उत्पादनको निर्यात प्रवर्द्धन गर्दै बजार अनुगमनलाई थप व्यवस्थित गर्न बजेट बिनियोजन भएको छ ।
आर्थिक बिकास तर्फ २ करोड ४ लाख ७० हजार रुपैयाँ सामाजिक विकास तर्फ १७ करोड ९६ लाख २३ हजार बजेट विनियोजन गरेको छ ।

ताराखोलाले आगामि आर्थिक बर्षमा पूर्वाधार विकास तर्फ ८ करोड ९१ लाख ५० हजार बजेट बिनियोजन गरेको छ । वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४८ लाख, गाउँपालिकाको प्रशासनिक खर्चको लागि ५ करोड ९२ लाख रुपैयाँ बिनियोजन भएको छ । चालु आर्थिक बर्षमा भन्दा आगामि आर्थिक बर्षमा १५ लाख रुपैयाँ चालु खर्च कटौती गरेको उपाध्यक्ष रोकाले बताए ।

आगामी आर्थिक वर्षमा नेपाल सरकारबाट प्रप्तहुने सशर्त अनुदान रू १६ करोड ७३ लाख, वित्तिय समानीकरण अनुदान रू ७ करोड ५ लाख विषेश अनुदान रु ६५ लाख, समपुरक अनुदान रु ७५ लाख, र राजश्व बाँडफाँडबाट रू ६ करोड ५९ लाख ७० हजार, गण्डकी प्रदेश सरकारबाट सशर्त अनुदान रु ५० लाख,समानिकरण अनुदान रू ७९ लाख ८८ हजार, राजश्व बाँडफाँडबाट रू ४२ लाख ३२ हजार र समपुरक अनुदान रु ५० लाख प्राप्त हुने तथा स्थानीय स्रोत समेत गरेर बजेट बिनियोजन भएको हो ।

चालु आर्थिक बर्षमा मौज्दात रहने रू २ करोड ८ लाख ३ हजार आन्तरिक आय ६० लाख हुने अनुमान गरेको उपाध्यक्ष रोकाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->