पोखरा/ नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा रंगशालामा वृक्षारोपण गरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा मञ्चले पोखरा रंगशालालाई स्वच्छता र सुन्दरता बढाउन वृक्षारोपण गरेको हो । सो वक्षारोपण कार्यक्रमको एक कार्यक्रमका विच मञ्चका निवर्तमान अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले शुभारम्भ गरेका थिए । सो अवसरमा विभिन्न फलफूल जातका ३० भन्दा वढि विरुवा रोपिएको मञ्चका कोषाध्यक्ष महेश पौडेलले जानकारी दिए ।





