पोखरा/ युनाइटेड क्लब पोखराले लागुऔषध दुव्र्यसन विरुद्धको अभियान कार्यक्रमसँगै लागुऔषधसम्बन्धी जनचेतनमुलक नेपाली चलचित्र ‘सरी मम’ को विशेष शो कार्यक्रम सम्पन्न गरेको छ ।
विशेष शो कार्यक्रममा वोल्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोइरालाले मुलुकमा विभिन्न विभिनन विधा र क्षेत्रका चलचित्रहरु निर्माण भइरहँदा लागुऔषध दुव्र्यसनीसम्बन्धी चलचित्रहरु निर्माण हुनु उदाहरणीय काम भएको बताए । कार्यक्रममा सरी मम चलचित्रका निर्माता विनोद लामा,युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ ,प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनालगायतले बोलेको थिए ।





