पोखरा/ पोखरा १७ विरौटा स्थत फिष्टेल एकेडेमीमा अध्ययनरत प्रनिशा तुलाचनले २०७९ को एसइईमा ४ जीपीए प्राप्त गरेकी छन् । प्रनिशा मुस्ताङको थासाङ गाउँपालिका कोवाङकी बासिन्दा हुन् । विद्यालयका प्राचार्यका इन्द्र श्रेष्ठका अनुसार कास्की जिल्लामा अहिलेसम्म प्राप्त जानकारी अनुसार ४ जीपीए ल्याउने उनि पहिलो छात्रा बनेकी छन् ।
मोर्डन एजुकेशनको थिममा रहेर प्रोग्रसिभ एजुकेशन प्रदान गरिरहेको विद्यालयमा हाल ५ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका अध्यक्ष चिनु रानाभाटले जानकारी दिए ।उनका अनुसार विद्यालयले विषयबस्तु अनुसारको अभ्याससहितको ज्ञानमा जोड दिएको छ । विकसित देशहरुको शिक्षा मोडेललाई नेपालमा पनि लागू गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको उद्देश्य भएको उनको भनाइ छ ।





