पोखरा/ पोखराको मासबारमा रहेको मदरल्यान्ड माध्यमिक विद्यालयका २ जना विद्यार्थीले जीपीए ४ प्राप्त गरेका छन् ।
विद्यालयका प्राचार्य नारायण बरालका अनुसार नदीपुर बस्ने जोन रानामगर र विरौटाका सुदेश आचार्यले जीपीए ४ प्राप्त गरेका हुन् । मदरल्याण्डबाट १५१ विद्यार्थी एसइईमा सामेल भएकोमा ७२ जनाले ३.६ देखि ४ जीपीए, ४६ जनाले ३.२ देखि ३.६,३१ जनाले २.८ देखि ३.२ जीपीए तथा २ जनाले २.४ देखि २.८ जीपीए प्राप्त गरेका छन् । मदरल्याण्डबाट उत्तीर्ण १४ विद्यार्थीले विश्वका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजबाट उच्च शिक्षाको अवसर प्राप्त गरेका छन् ।





