बेनी/ म्याग्दीको मालिका गाउँपालिका वडा नंं. ३ पात्लेकी टमकुमारी रोकामगरकी नौमहिनाकी छोरी ईश्वरी रोकामगर र ४ वर्षका छोरा ईश्वर रोकामगरको पढाइ खर्चका लागि आर्थिक सहयोग जुटको छ ।
एयरलाइन्स फ्लाइट अटेन्डेन्ट एकेडेमी प्रालिकी प्रबन्ध निर्देशक शोभा केसी,परिचय एड्भर्टाइजिङ प्रालिका सञ्चालक सोबित बस्याल, चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीका अध्यक्ष प्रभु अधिकारी, सामाजिक अभियन्ता सोभित ठकुरी, खेम ठकुरी, सजिला नेपाल, सुस्मिता, ज्योति, परिचय डटकमकी सुनिता शर्मा लगायतबाट संकलित १५ हजार १ सय ५० रूपयाँ आइतबार टमकुमारीकी काकी तथा सामाजिक अभियन्ता भीमसरा घर्तीमगरलाई हस्तान्तरण गरिएको छ । खेतीपाती र घरगृहस्थी चलाइरहेकी २२ वर्षकी टमकुमारी गत बैशाख २६ गते मङ्गलबार घाँस काट्न जाँदा भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।





