पोखरा/ पोखरा महानगरले फिर्के खोला अतिक्रमणविरुद्ध अभियान चलाउने भएको छ । पृथ्वी राजमार्गको मापदण्डभित्रका संरचना हटाएलगत्तै महानगरले फिर्केमा नजर लगाएको हो ।
महानगरले ‘फिर्के कोरिडर विकास कार्यक्रम’ अगाडि बढाइने घोषणा गर्दै त्यसमा सहजीकरणको लागि सार्वजनिक रुपले आह्वान गरेको हो । दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्के खोलाको संरक्षण, सम्बद्र्धन र विशेष सौन्दर्यीकरणको उद्देश्यसहितको सो परियोजनाअन्तर्गत पहिलो चरणमा प्राविधिक सर्वेक्षण र नाप जाँच गरी खोलाको प्राकृतिक सीमाना खुट्याउने महानगरले जनाएको छ । त्यसको लागि यही साउन ३ गते प्राविधिकहरू फिल्डमा जाने महानगरको सूचनामा उल्लेख छ ।





