आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कांग्रेस बागलुङले वडातहसम्म सम्मेलन गर्ने

कांग्रेस बागलुङले वडातहसम्म सम्मेलन गर्ने


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०८०, शुक्रबार

बागलुङ/ नेपाली कांग्रेस बागलुङले वडा तहसम्म सम्मेलन गर्ने भएको छ । पार्टीलाई सुदृढ बनाउनका लागि वडातहदेखि जिल्ला सम्मेलन सम्मको कार्यतालिका तयार भएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङका सचिव हरिहर शर्माले बताए ।

कांग्रेस बागलुङको बिहिबार बसेको बैठकले साउन २२ गते देखी असोज ६ गते सम्म वडा, गाउँ/नगर, प्रदेश सभा क्षेत्रीय समिति, प्रतिनिधि सभा क्षेत्र हुँदै जिल्ला सम्मेलनको मिति तय गरेको हो । साउन २२ गते जिल्लाका ८५ वटै वडामा वडा सम्मेलन हुनेछ भने साउन २७ गते जिल्लाका १० वटै स्थानिय तहमा गाउँ वा नगर सम्मेलन हुने सचिव शर्माले बताए ।
त्यसैगरी साउन ३१ गते प्रदेश सभा क्षेत्रीय सम्मेलन हुने छभने भाद्र २४ गते प्रतिनिधि सभा क्षेत्रीय सम्मेलन हुने छ । सवै तहमा सम्मेलन सकिए पछि असोज ६ गते जिल्ला सम्मेलन हुने काँग्रेस बागलुङले जनाएको छ ।

जिल्ला कार्यसमिति बैठकले पार्टीका हरेक गतिविधिलाई प्रभावकारी बनाउनका लागि विस्तृत योजना सहित बार्षिय क्यालेन्डर बनाउने निर्णय गरेको छ । बार्षिक क्यालेन्डरको ड्राफ्ट तयार भै सकेको र यसलाई छलफल गरी पुर्णता दिइने सचिव शर्माले बताए ।

बैठकमा निर्माणाधिन अवस्थामा रहेको विपि स्मृति भवनको निर्माणका लागि आर्थिक संकलन र व्यवस्थापनलाई प्रभावकारी तथा परिमाणमुखी बनाउन विभिन्न देशहरुमा रहेका गैरआवसीय नेपाली जनसम्पर्क समिति र संघ संस्था र व्यक्तिहरुसँग समन्वय गरी आर्थिक सहयोग संकलन गर्न जिल्ला सभापति जित शेरचनको संयोजकत्मा विभिन्न देशमा अभियान संचालन गर्न जाने निर्णय गरेको छ । नेपाली काँग्रेस बागलुङले सहकारी मार्फत ठगी गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ । विहिबार बसेको काँग्रेस बागलुङको जिल्ला कार्यसमितिको बैठक मार्फत बागलुङमा संचालित ईमेज बचत तथा ऋण सहकारी संस्था र शिविर शिखर बहुद्देश्यीय सहकारीका संचालकलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

त्यस्तै कांग्रेसले सहकारीमा बचतकर्ताले बचत गरेको अरबौं रकम ठगी गरेर फरार भएका ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीसहित अन्य संचालकलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ । शर्माका अनुसार सहकारी पिडित नागरिकहरुको न्यायका निम्ती काँग्रेस बागलुङ सधै साथमा रहने समेत निर्णय गरेको छ । पछिल्लो समयमा जिल्लाका दुई सहकारी नागरिकलाई आक्रन्त पारेका र हजारौं बचतकर्ताको बचत रकम ठगि गरेर संचालक फरार रहेको हुँदा उनिहरुलाई कानुनी दायारामा ल्याउनका सम्बन्धित निकायसँग काँग्रेस बागलुङले माग गरेको शर्माले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->