आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नयाँलाई नजरअन्दाज गरे कांग्रेस सकिन्छ : महामन्त्री थापा

नयाँलाई नजरअन्दाज गरे कांग्रेस सकिन्छ : महामन्त्री थापा


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०८०, आइतबार

पोखरा/नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरु बढी आत्तिएको स्वीकारेका छन् । आत्तिनुपर्ने कारण नभएको तर नयाँ पार्टीहरुलाई नजरअन्दाज गर्न नमिल्ने पनि उनको तर्क रहेको छ ।

नेपाली कांग्रेस कास्कीले शनिबार आयोजना गरेको प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिका लागि उत्पादनसँग कांग्रेस विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘हामी चाहिने भन्दा बढी आत्तिएको हो कि भन्ने लागेको छ, यति धेरै आत्तिहाल्नुपर्ने कारण केही पनि छैन । सबैकुरा बिग्रियो, भत्कियो, सक्कियो भनेर आत्तिनुपर्ने केही छैन । तर, सँगसँगै खहरे हुन्, यी (नयाँ पार्टीहरु) केही पनि होइन, हामीसँग जति नेता कोहीसँग छैन, हामीसँग जस्तो नाम पनि कोहीसँग छैन, हामी हिजो पनि ठूलो थियौं हामीले मात्र खाएको हो भन्यौं भने हामी सकिन्छौं ।’

कांग्रेससँग कमजोरीसँगै ठूलो शक्ति,नेता र विचार रहेको पनि उनले जिकिर गरे । कांग्रेसलाई बदल्नुपर्नेमा उनले पटक–पटक जोड दिए । ‘कांग्रेस बदलौं र बलियो बनाऊँ,’उनले भने ।

पार्टीलाई विधिसंगत रुपले चलाउनेतर्फ लाग्नुपर्ने पनि उनको भनाइ थियो । २०४८ सालमा प्राप्त सफलतालाई सम्हाल्न सकेको भए, मध्यावधिको अवस्था सिर्जना नभएको भए माओवादी र एमालेजस्ता पार्टी नै नरहने जिकिर पनि उनको थियो । यद्यपि, २०४८ सालदेखि २०५१ सालसम्म लिएको उदार आर्थिक नीतिकै कारण आर्थिक प्रगति सम्भव नभएको जिकिर गरे ।

उनले पार्टी चुनावमा जाँदै गर्दा उम्मेदवार कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा विवाद हुने गरेको पनि बताए । उनले यो समस्या समाधानको लागि उम्मेदवारका आकांक्षीहरुलाई एक ठाउँमा राख्ने, बहस चलाउने र कार्यकर्ताले उम्मेदवार रोज्न एवं चुन्न पाउने व्यवस्था हुनुपर्ने बताए । उम्मेदवार बन्न चाहने मान्छेले नीति प्रतिष्ठानले बनाएको पाठ सिक्नुपर्ने र पढ्ने व्यवस्था गरिनुपर्ने बताए । प्रशिक्षणको लागि पाठ्यक्रम नै बनाउनुपर्ने पनि उनले बताए । ‘पाठ्यक्रम नै बनाएर सुरु गरौँ, कास्कीबाटै सुरु गरौं,’उनले भने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->