मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’


  • भूपेन्द्र महरा
  • साउन ७ २०८०, आइतबार

मानिसलाई जन्मदेखि मृत्युपर्यन्तसम्म आवश्यक पर्ने र सो अवधिमा प्रभाव पार्ने योग्यता पूर्ण भएको गुणयुक्त माध्यम शिक्षा हो । जसले व्यक्तिको बौद्धिक, आध्यात्मिक, सामजिक, भौतिक एबम् नैतिक जस्ता पक्षको सर्वाङ्गीण विकास गराउँदछ ।

जबसम्म शिक्षा क्षेत्रको उचित व्यवस्थापन हुँदैन तबसम्म राष्ट्र समृद्धिको बाटोतर्फ आगाडी बढ्न सक्दैन । तर देशको माटोलाई सुहाउँदो पाठ्यक्रम बिनाको शैक्षिक प्रणालीले आज सम्पूर्ण विद्यार्थीहरुलाई अन्यौलमा परिरहेको छ । देशलाई युवाले अझैसम्म पनि चिन्न सकेका छैनन् । अहिलेको युगमा युवालाई आफ्नो देश र राष्ट्रप्रतिको माया लाग्नै छोडेको छ किनकी पाठ्यक्रममा यो देशलाई चिनाउने कुनैपनि शीर्षक हाम्रो विषयबस्तुमा छैन ।

सात समुद्रपारीको विचार उहाँहरुको इतिहास अहिले हामीले अध्ययन गरीहरेका छौ । तर हाम्रो देश नेपाल देवोः भूमिको विचार, यही देशमा जन्मिएका हाम्रा राष्ट्रिय विभूतिहरूको विचार, हाम्रो भेषभुषा, आफ्नो संस्कार, संस्कृति, बोली वचन, परम्पराहरूको अध्ययन हामीले पाएका छैनौं । हामीले कसरी यो राष्ट्रलाई माया गर्ने हाम्रो देशको इतिहास पहिचान हुने खाल्को कुनै बिषयबस्तु हाम्रो पुस्तकमा समावेश गरेको छैन । हामी नेपाली हौ तर हामीले अध्ययन गर्नुपर्ने विदेशी प्रवृत्तिमा आधारित अंग्रेजी माध्यमसंघ सम्बन्धित छ । हुनतः अंग्रेजी भाषा जान्न बुझ्न आवश्यक छ तर यही भाषालाई नै पाठ्यक्रममा लागू गर्नुपर्ने चाहिँ किन ?

यस्तै भाषाका कारणले गर्दा पछि निजामती क्षेत्रतिर काम गर्न कठिनाई भएको अनुभूति गर्ने गरेका छन र नेपालका शिक्षित युवाहरु विदेशिनु र खाडी मुलुक धाउनु पर्ने बाध्यता बनिरहेको छ ।

शिक्षा क्षेत्रको समग्र सुधारबिना राष्ट्रको विकास सम्भव छैन । राष्ट्रको सर्वाङ्गीण विकासमा शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । कुनै पनि राष्ट्र विकास र समृद्धिको लागि त्यस राष्ट्रको शिक्षा प्रणाली, देशको भूगोल, जनसख्या र आवश्यक जनशक्ति अनुकूल हुन अपरिहार्य हुन्छ । यो देशका युवालाई आफ्नो राष्ट्र, गाउँ सहरप्रति माया, मोह, स्नेह केही सोच्न लायक बनाउन छ भने देशको समग्र शिक्षा नीति परिवर्तन हुन अत्यावश्यक रहेको छ । जसमा सर्वप्रथम त राष्ट्रिय भाषाको उचित ज्ञान हासिल गर्ने वातावरण श्रृजना गर्नुपर्छ ।

अहिले दैनिकजसो लाखौं विद्यार्थीहरु बिदेशीने गरेका छन् । त्येसमध्ये एक प्रमुख कारण भनेको अनुचित पाठ्यक्रम पनि रहेको पाइएको छ । यिनै विद्यार्थीहरु बिदेशमा गएर हाम्रै इतिहास र संस्कृतिको बारेमा अध्यन गरिरहेका हुन्छन् । हामीले हाम्रै पाठ्यक्रममा यिनी कुरालाई समावेस गर्न सक्यौ भने भोलिका दिनमा युवाहरु बिदेशिनु पर्ने बाध्यता आउने थिएन ।

सात समुद्र पारीको पुर्खाको बीचारलाई होइन यही हाम्रो देश नेपाल आमाको विचार, हाम्रा राष्ट्रिय विभूतिहरूको विचार, योगी ऋषिमुनिहरूको विचार, यो देशको इतिहास, संस्कार, संस्कृति, सामाजिक परम्परा, जिम्मेवारीप्रति सचेतना, स्वावलम्बी, परिश्रमी जस्ता जीवनउपयोगी शिक्षा आजको शिक्षामा आवश्यक रहेको छ । हाम्रो देशको शिक्षा नीतिमा जब यी सबै कुराहरू समेटिन्छन् तब देशलाई माया गर्ने युवाहरु जनशक्ति बढ्छ र समस्त राष्ट्रबासीलाई राष्ट्र प्रथमको अविनाश प्रेम रहिरहन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->