पोखरा/गण्डकी प्रदेशमा आजबाट सुरु भएको यु–१६ पुरुष फुटबलको प्रदेश छनोटमा कास्कीका खेलाडी सहभागी नगराएपछि जिल्ला खेलकुद विकास समितिले सोधपुछ गरेको छ ।
आज कास्कीमै भएको छनोटमा सहभागि नगराएपछि कारण सोधिएको समितिका एक पदाधिकारीले जानकारी दिए ।
साफ यु–१६ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जिल्ला हुँदै प्रदेश छनोट गरिरहेको छ ।
गण्डकीमा कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जल रन्जित र राजेन्द्र तामाङले इगो देखाउँदै खेलाडीलाई सहभागिता नगराएपछि विवाद वाहिर आएको हो ।

(तस्वीर ः कास्की जिल्ला यु–१६ छनोटमा सहभागि फुटबल खेलाडीहरु)
जिल्लाले सहभागिता नगराउँदा खेलाडीको राष्ट्रिय छनोटमा पुग्ने मार्ग अन्योलमा परिरहेको छ । उनीहररुले व्यक्तिगत इगो देखाएपनि गण्डकी प्रदेशले भने जिल्ला छनोटमा परेका खेलाडीलाई पोखरा रंगशाला फुटबल मैदानमा सम्पर्क गर्न अनुरोध गरिरहेको छ ।
सम्बन्धित लिंक https://dhorpatannews.com/2023/07/99404/





