आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सामाजिक अराजकतावाद मौलायो : एमाले नेता बस्नेत

सामाजिक अराजकतावाद मौलायो : एमाले नेता बस्नेत


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०८०, सोमबार

बागलुङ/ नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले नेपालमा सामाजिक अराजकतावाद मौलाएको बताएका छन् । निधि, विधि र प्रक्रियाभन्दा हल्लाको पछि लाग्नेहरुको जमात बढेको भन्दै बस्नेतले राष्ट्र र राष्ट्रियता खतरामा पर्नेगरी सामाजिक अराजकता मौलाएको बताए ।

उनले पछिल्लो समय सामाजिक सञ्जालमा हल्ला फिँजाएकै आधारमा नेतृत्वमा पुगेकाहरु राजनीतिमा हाबी हुने अवस्था आएको आरोप लगाए । बस्नेतले बालेन शाह र हर्क साम्पाङहरुले तयार गरेको स्वतन्त्र उमेद्वारको धरातलमा रवि लामिछानेहरुले निर्वाचनमा परिणाम ल्याएको बताए । ‘रवि लामिछानेहरु कागजको खिर पकाएर खानेहरु हुन्, वास्तविक खिर पकाउन उनीहरुसँग ज्ञान छैन्’ पौराणिक कथाको अंश सुनाउँदै बस्नेतले भने ‘नीति र कार्यदिशा नभएको पार्टी टिक्दैन् ।’

प्रेस चौतारी नेपाल बागलुङले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यूवा इन्चार्ज समेत रहेका नेता बस्नेतले देशमा गिरिजा प्रसाद कोइराला र केपी ओलीको सरकार मात्रै अहिलेसम्म लामो समय टिकेको स्मरण गरे । लामो समय टिकेका सरकारका पाला कयौं विकासका काम भए पनि त्यसको प्रचार हुन नसकेको तर परिणाम अहिलेसम्म कायम रहेको उनको दाबी थियो ।

नेता बस्नेतले सरकारले भष्ट्राचार विरुद्धको अभियानमा एमालेको साथ रहेपनि असली भष्ट्रचारीलाई कानूनी दायरामा ल्याउने र बिना प्रमाण कसैको नाम उल्लेख नगर्न आग्रह गरे । उनले सुन काण्डमा संलग्नता रहे नरहेको स्पष्ट पारेर मात्रै गृह र अर्थमन्त्री उम्किन नहुने भन्दै नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताए ।

बस्नेतले पत्रकारहरुको जवाफमा एमाले विरुद्धको चौतर्फी घेराबन्दी तोडेर मिसन २०८४ अभियान चलाइरहेको जानकारी दिए । उनले एमाले विरुद्धका भ्रमहरु चिर्न युवासंघका नेताहरु गाउँ–गाउँमा पुगिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->