मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

रक्तदान : जीवनको उपहार

रक्तदान : जीवनको उपहार


  • समीक्षा अधिकारी
  • साउन १३ २०८०, शनिबार

कास्कीमा २०३५ जेष्ठ ३ गते रक्त संचार सेवाको सुरुवात भएको थियो र त्यो पहिलो वर्ष १६९ युनिट रगत संकलन र वितरण भएको थियो ।

रेडक्रस एक अन्तर्राष्ट्रिय मानवीय तथा सामाजिक संस्था हो । रेडक्रसको जन्मदाता जाँ हेनरी ड्युनान्ट हुन् । उनको जन्म सन् १८२८ मे ८ का दिन भएको थियो । रेडक्रसको मुख्यालय जेनेभामा छ र हालसम्म विश्वको १९२ वटा देशमा रेड्क्रसको स्थापना भएको छ । नेपालमा रेडक्रसको स्थापना वि.सं. २०२० भदौ १९ गते बुधबारको दिन भएको थियो । २०२३ साल श्रावण १२ गतेदेखि रक्तसंचार सेवा सञ्चालन गर्ने जिम्मेवारी पनि रेडक्रसले प्राप्त ग¥यो । २०२३ श्रावण १२ का दिन नै पहिलो रक्तसंचार सेवा लक्ष्मी ब्लड बैंकको रुपमा स्थापित भएको थियो र पहिलो रक्तदाता दयावीर कंसाकार हुनुहुन्थ्यो भने त्यो वर्ष १५७युनिट रगत संकलन र बितरण भएको थियो । कास्कीमा भने १२ वर्षपछि २०३५ जेष्ठ ३ गते रक्त संचार सेवाको सुरुवात भएको थियो र त्यो पहिलो वर्ष १६९ युनिट रगत संकलन र वितरण भएको थियो ।

रगत भनेको हाम्रो शरीरमा नभई नहुने एक महत्वपूर्ण तत्व हो । सबै जीवनहरुको संरक्षण र जीवन बचाउमा अत्यन्त महत्त्वपुर्ण भूमिका खेल्दछ। रगतको विभिन्न तत्वहरु हुन्छन् । प्रत्येक कम्पोनेन्टहरुको शरीरमा आफ्नै काम हुन्छ । रक्त कोषिकाले अक्सिजन , हामीले खाएका पौष्टिक युक्त खाने कुराहरु (हर्मोन, मिनेरल्सर भिटामिनहरुलाई शरीरका विभिन्न अङ्गहरुमा पु¥याउँछ । यसको आयू १२० दिन हो । स्वेत कोषिकाले शरीरमा असमान्य संक्रमणसंग लड्न सक्ने क्ष्ेमता बढाउछ र हाम्रो शरीरमा रोग लाग्नबाट बचाउँछ र यसको आयू भनेको केही घण्टादेखि केही दिनसम्म हुन्छ। प्लेटेलेसले चोटपटक लागेसँगै रगत बगेको बेला रगतलाई जमाएर शरीरबाट रगत बग्नदिँदैन यसको आयू भनेको ५ देखि ७ दिनसम्म हुन्छ। प्लाज्माले रगतको मुख्य संचय र हेरचाह गर्छ ।

विभिन्न रक्तजन्य रोगहरू, दुर्घटनाहरू, जनरलसर्जरी, गर्भावस्था, पोष्टपार्टम हेमोरेजका बिरामीहरुको रगतको आपूर्ति पूरा गर्न रक्तदानको आवश्यकता पर्दछ। ‘रक्तदान जीवनदान,जीवनदान महादान’ त्यसैले भनिएको हो । यसले समुदायमा स्वस्थ जीवन शैलीको प्रचार प्रसार गर्दछ र समृद्ध समाजको निर्माणमा सहायोग पु¥याउँछ ।

रक्तदान गर्नका लागि निश्चित मापदण्डहरु पूरा गर्नुपर्छ । उमेर १८ वर्षभन्दा माथिको र ६५ भन्दा कम हुनुपर्दछ . तौल कम्तिमा पनि ४५ केजी भएको हुन पर्दछ । रगत दिने व्यक्ति स्वस्थ हुनुपर्दछ । रक्तदानको अन्तर कम्तिमा ९० दिनहुनुपर्छ । महिलाहरुले महिनावारी भएको ७ दिन भित्र रक्तदान गर्न मिल्दैन। गर्भावस्था पनि रक्तदान गरिँदैन । स्तनपान गराउने आमाहरुले नियमित रक्तदान गर्न मिल्दैन। मुटुका बिरामी उच्च रक्तचाप, मधुमेहका बिरामी र कुनै पनि रगतलाई असर पार्ने कडा खालको औषधि खाएको छ भने रक्तदान गर्न मिल्दैन। यदि एउटा व्यक्तिले उपरोक्त मापदण्डहरु पूरा गर्दछ भने ऊ नियमित रक्तदान गर्न सक्षम हुन्छ ।

रक्तदान गर्दा शरीरमा रगत कम हुन्छ र शरीरमा रगत सकिन्छ भन्ने भ्रम विद्यमान छ । यो सोचाइ गलत हो । रक्तदानले मानिसलाई स्वस्थ बनाउँछ । रक्तदान गर्नको लागि रक्तसंचार सेवामा जान सकिन्छ । कुनै पनि रक्तदान कार्येक्रम राखेको ठाउँमा गएर दिन पनि सकिन्छ। रगतको माग बढ्दै गएको कारण रगतको मागलाई पूर्ति गर्न पोखराको सन्दर्भमा महिनामा४० देखि ५० वटा संघ÷संस्थाले रक्तदान कार्येक्रम आयोजना गर्दै आइरहेका छन्। रक्तदान प्रक्रियापछि जम्मा भएको रगतलाई रक्तसंचारमा ल्याएर विभिन्न जांचहरु गरिन्छ। कतिपय रोगहरु रगतबाट सर्ने हुनाले रगत चढाउनु अगावै एचआइभी,हेपाटाइसिस, सिफिलिसजस्ता रोगहरुको परिक्षण गरिन्छ। परिक्षण पछि नमुनाहरु नेगेटिभ आएमा रगतलाई तापक्रम मिलाएर भण्डार गरिन्छ र यदि परीक्षण पोजेटिभ आएमा उक्त व्यक्तिलाई सम्पर्क गरिन्छ र उचित परामर्श दिइ उपचारको लागि सम्बन्धित निकाय सम्म पुग्नलाई सहयोग गरिन्छ ।

रक्तदानले धेरै मानिसको जीवन बचाउन सकिन्छ । रक्तदानपुण्यको काम हो । २१ आंै शताब्दीसम्म आइपुग्दा वैज्ञानिकहरुले धेरै कुराको आविष्कार गरेरमा नवजीवनलाई सुखी र समृद्ध बनाएका छन् । तर, अहिलेसम्म रगतको विकल्पको चाहिँ पत्ता लागि सकेको छैन । एक मानवले नै अर्को मानवलाई रगत दिनु पुण्य कर्म हो । अतः‘रक्तदान जीवनदान, जीवनदान महादान’ भनिएको हो । रक्तदान जस्तो ठूलो दान र धर्म अरु केही छैनजस्तो लाग्छ। मानिसहरु धर्म कमाउने क्रममा अनेकौ कामहरु गर्ने गर्छन् तर जीवन र मरणको दोसाँधमा रहेका बिरामीलाई रक्तदानबाट प्राप्त हुने जीवनदान जस्तो आनन्द अरु केही हुँदैन ।
जसरी देश बिकाशमा युवाको खाँचो छ त्यसरी नै रक्तदान गर्न पनि युवाहरुको ठूलो भूमिका छ। युवा शक्तिलाई सामाजिक कार्यमा अगाडी बढाउनु पर्छ र रक्तदान कार्यक्रम आयोजना गर्नको लागि उत्प्ररेणा दिनुपर्छ । हरेक युवा ÷ युवतीले आफ्नो १८ औ जन्मोत्सव वा अन्य शुभदिनमा रक्तदान गर्न सक्नुहुन्छ। रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरु र रक्तदान गर्न उत्प्रेरणा गर्नुहुने सबै धन्यवादका पात्र हुनुहुन्छ ।
(लेखक अधिकारी स्टाफ नर्सको रुप्मा प्रादेशिक रक्तसंचार केन्द्रमा कार्यरत छन् । सं.)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->