बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लमजुङमा जिप दुर्घटना: चालकसहित ९ जना घाइते

लमजुङमा जिप दुर्घटना: चालकसहित ९ जना घाइते


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०८०, शनिबार
फाईल तस्वीर

लमजुङ /राइनास नगरपालिका-८ कटहरबारीको घुम्ती जोगीडाँडामा यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएको प्रहरीले जनाएको छ । राइनास नगरपालिका-१० प्यारजुङबाट सुन्दरबजार नगरपालिकाको भोटेओडार आउँदै गरेको ग१ज ६३६९ नम्बरको यात्रुबाहक जिप शनिबार बिहान १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार सुरुमा ७ जना घाइते भएको जानकारी आए पनि पछि २ जना थप गरी ९ जना घाइते भएका छन् । घाइतेमध्ये चालक सुन्दरबजार नगरपालिका-८, बगैंचाका अन्दाजी ३० वर्षीय पुरन गुरुङको लमजुङमा उपचार हुन नसकी चितवन लगिएको छ । उनको दायाँ हातमा गम्भीर चोट लागेको छ ।

अन्य ८ जनाको अवस्था समान्य रहेको र उनीहरुको सुन्दरबजार नगरपालिका-९, सिउँडीबारस्थित भोटेओडार हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ब्रेक फेल भएर जिप दुर्घटना भएको हुन सक्ने बताएको छ ।

स्थानीयका अनुसार जिपमा क्षमताभन्दा बढी यात्रु थिए । करिब २० देखि २५ जना यात्रु रहेकोमा अस्पताल लानुपर्ने अवस्थाका घाइतेको स्थानीय र प्रहरीले उद्दार गरी अस्पताल पुर्‍याएका थिए । बाँकी अन्य यात्रु भने आ–आफ्नो ढंगले फर्केको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->