शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राष्ट्रिय जनमोर्चा कास्कीको जिल्ला सम्मेलन असोजमा

राष्ट्रिय जनमोर्चा कास्कीको जिल्ला सम्मेलन असोजमा


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८०, सोमबार

पोखरा/ राष्ट्रिय जनमोर्चा कास्कीको पाँचौं जिल्ला सम्मेलन आगामी असोज २६ र २७ गते पोखरामा हुने भएको छ ।

जनमोर्चाको पोखरामा सम्पन्न वैठकले जिल्ला सम्मेलनको मिति तय गर्दै सम्मेलनलाई सफल वनाउन विभिन्न तयारी सुरु गरेको नेता गणेश अधिकारीले जानकारी दिए । गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं भन्ने नाराका साथ हुने सम्मेलनका लागि जिल्ला अध्यक्ष रविमोहन ढकालको संयोजकत्वमा २३ सदस्यीय आयोजक समिति र विभिन्न ४ वटा उपसमिति गठन समेत गरेको छ ।

समितिमा तमबहादुर रोका, लक्ष्मी कुवँर, जमुना खाती, विष्णु पुरी, गणेश अधिकारी, रमेश गुरुङ,प्रविण पौडेल, सुशिला बिक, देविलाल कँडेललगायतका २३ जना रहनुभएको छ । वैठकले कार्यालय व्यवस्थापन, संगठन परिचालन, आर्थिक र प्रचार प्रसार समिति पनि गठन गरेको वताईएको छ । पार्टीको वडा तथा गाउँपालिकास्तरीय सम्मेलन भने भदौ १६ देखि संचालन गरिने प्रचार संयोजक गणेश अधिकारीले जानकारी दिए ।

वैठकमा वोल्दै केन्द्रीय नेता शंकर वरालले संघीयता खारेजीको पक्षमा जनमास वढेको बताउँदै सो आवाजको नेतृत्व जनमोर्चाले गर्ने बताए । जिल्ला अध्यक्ष रविमोहन ढकालको अध्यक्षतामा भएको बैठकले सम्मेलनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->