पोखरा/ एमाले गण्डकीले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न,पोखरालाई पर्यटकी राजधानी घोषणा गर्न,राजमार्ग स्तरोन्नतिलाई तीव्रता दिन पनि एमालेले माग गरेको छ । यस्तै, त्रिवेणी–कोरोला राजमार्ग निर्माण तथा नेपाल र भारत दुवैतर्फका नाकामा पूर्वाधार निर्माण,गण्डकी प्रदेशमा औद्योगिक क्षेत्रको स्थापनामा पनि एमालेको जोड छ ।
गण्डकीमा एमाले नेतृत्वको सरकारले सुरु गरेका विकास निर्माणका कामलाई पछिल्लो सरकारले पूर्वाग्रह पालेर बजेट नै रोकेको आरोप पनि लगाएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट नवलपुरको कावासोतीमा शिलान्यास गरिएको नमूना सदरमुकाम परियोजनामा ढिलासुस्ति भएको आरोप लगाउँदै एमाले गण्डकीले भनेको छ,‘एमाले सरकारले सुरु गरेका दीर्घकालीन महत्वका कार्यक्रमलाई वर्तमान सरकारले राजनीतिक प्रतिशोधले तोडमोड गर्ने,बजेट रोक्का गर्नेजस्ता गलत रवैया बदल्न प्रदेश सरकारको ध्यानाकर्षण गराउँछौं ।’
महंगी रोकथाम,लम्पीस्किन रोग नियन्त्रण,इञ्जिनियरिङ अध्ययनमा भएको शुल्क वृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरिएको अध्यक्ष नवराज शर्माले जानकारी दिए । चुनावको समीक्षा गर्दै एमाले गण्डकीले अप्राकृतिक गठबन्धन र सत्ताको चरम दुरुपयोगका कारणे सोचेजस्तो परिणाम नआएको जिकिर गरेको छ । गण्डकीमा उपलब्ध केन्द्रीय कमिटीका सदस्यहरुको बैठकले यी निर्णय गरिएको अध्यक्ष शर्माको भनाइ छ । उनले





