बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा नेपाल टेलिकमको फाइवर र फोरजी इन्टरनेट

नवलपुरमा नेपाल टेलिकमको फाइवर र फोरजी इन्टरनेट


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८०, शनिबार

नवलपुर/ नवलपुरमा नेपाल टेलिकमको फाइवर प्रविधि विस्तार निरन्तर चलिरहेको छ । सञ्चारको क्षेत्रमा सेवा र गुणस्तर प्रभावकारी वनाउने उदेश्यले फाईवर विस्तार र क्षमता बिस्तारलाई निरन्तरता दिएको नेपाल टेलिकमको दूरसञ्चार कार्यालय कावासोतीले जनाएको छ ।

पूर्वपश्चिम मुख्यमार्ग छेउमा पहिले नै फाइवर विछ्याउँदा अण्डरग्राउण्ड भैसकेको पूर्वाधारमा सडक स्तरोन्नतिका क्रममा तार काटिने, चुडिने हुँदा ठूलो समस्या र क्षति भोग्नुपरे पनि पछिल्लो समय टेलिकमको सेवा र गुणस्तरप्रति ग्राहक उपभोक्ताको आकर्षण बढेको बरिष्ठ इन्जिनियर एवं कार्यालय प्रमुख गेहेन्द्र सुवेदी बताउँछन् ।

नेपाल टेलिकमको पुरानो प्रविधि कपर लाइन अर्थात् पिएसटीएन प्रविधिलाई हटाएर सञ्चालनमा ल्याइएको फाइवरमार्फत २ हजारभन्दा बढी ग्राहक उपभोक्ताले सेवा लिएका कार्यालयको तथ्याङ्क छ ।

अहिलेसम्म २७ हजार १ सय ३६ संख्यामा लाइन वितरण गर्न मिल्ने गरी क्षमता विस्तार भैसके पनि चालु आर्थिक वर्षभित्रमा थप २० हजार संख्या लाईन विस्तार गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख सुवेदी बताउँछन् । फाइवर प्रविधिको एउटा लाइनबाट ३ वटा टिभी, २ वटा टेलिफोन र एउटा ईन्टरनेट कनेक्सन गर्न सकिने सुविधा छ ।

पुरानो प्रविधि कपर लाईन पिएसटीएन जोडिसकेका पुराना ग्राहकलाई ६ हजार रुपैयाको वार्षिक प्याकेजमा १० एमविपीएसको इन्टरनेट सुविधा रहेको छ भने टेलिफोन प्रयोगकर्ताले यो प्याकेजबाहेकको न्यूनतम २ सय ५० वा फोन प्रयोग बापतको शुल्क भने तिर्नुपर्नेछ । यही क्षमताको सेवा जडान गर्न चाहने ग्राहकले वार्षिक ८ हजार रुपैंयामा सेवा पाउनेछन् ।

वार्षिक शुल्क १० हजार ५ सय मा २५ एमविपीएस क्षमताको इन्टरनेट सुविधा रहेको छ । सो शुल्कभित्रैमा टेलिकमले टेलिफोनको शुल्क र एउटा मोवाईलमा दैनिक ३ सय एमवी डाटा निशुल्क रहेको छ । टेलिफोन र डाटा वापतको थप अतिरिक्त शुल्क लाग्दैन ।

यस्तै, १२ हजार रुपैंयामा उपलब्ध हुने २० एमविपीएस क्षमताको इन्टरनेटसहित टिभी हेर्न र टेलिफोन चलाउन सक्नेछन् । २०८० अफर भनिएको यो सुविधा लिने ग्राहक उपभोक्ताले जडानमा चाहिने तार, टिभीको सेटअफ बक्स र इन्टरनेट राउटरको पैसा तिर्नुनपर्ने गरी निशुल्क सेवा रहेको प्रमुख सुवेदीले बताए ।

नवलपुरको गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु विनयी त्रिवेणीको त्रिवेणी र हुप्सेकोटको झ्यालवास–गिरुबारीको आंशिक क्षेत्रमा नयाँ प्रविधिको फाइवर सेवा विस्तार भएको जनाईएको छ । पहाडी २ पालिकाहरु बौदीकाली र बुलिङटारमा भने कपर प्रविधि नै नपुगेकाले फाईवर पुर्याईएको छैन । नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएकाले ति ठाउँहरु सहित जिल्लाका जुनसुकै ठाउँमा फोरजी वायरलेस राउटारमार्फत ईन्टरनेट सुविधा प्रवाह भएको सुवेदीको भनाई छ ।

उनले उपभोक्ताको आयस्रोत र आवश्यकता अनुसारको शुल्क–सुविधा र फाईवर मार्फत जडित ईन्टरनेट राम्रोसँग चल्ने भएकाले पछिल्लो समय लोकप्रियता बढेको सुनाए ।
ि

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->