कावासोती/सेवानिवृत राष्ट्रसेवक समाज नवलपुरको चौथो स्थापना दिवस बुधबार मनाइएको छ । कावासोती–१२, पिठौली स्थित लक्ष्मीनारायण मन्दिरमा रहेको वृद्धाश्रमका आश्रितलाई खाद्यान्न सामग्री र नगद प्रदान गरी दिवस मनाइएको हो ।
डनरनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालतका पूर्व न्यायाधीश ऋषि अधिकारी, कावासोती–१२ का वडाध्यक्ष दिपेश खनाल, ज्येष्ठ नागरिक संघ केन्द्रीय समिति सदस्य डा गोपाल खनाल, सचिव देवराज भट्टराई, उपाध्यक्ष मदन अर्याल लगायतले बोलको थिए ।
समारोहमा डागोपाल खनालले ५ हजार र पूर्व न्यायाधीश अधिकारीले ५ हजार १ सय मन्दिरलाई सहयोग गरी आजीवन सदस्यतासमेत लिएका छन् । सेवानिवृत राष्ट्रसेवक समाजका पदाधिकारीले आफ्नो पेन्सनबाट रकम काटेर सामाजिक क्षेत्रमा कार्य गर्दै आएका छन् ।





