बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सुक्खा पहिरोले मनास्लु पदमार्गको खानीबेंसी पुरियो

सुक्खा पहिरोले मनास्लु पदमार्गको खानीबेंसी पुरियो


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८०, बिहिबार
उत्तरी गोरखाको धार्चे-७ खानीबेंसीमा पदमार्गमा खसेको पहिरो । तस्बिर सौजन्य : धार्चे गाउँपालिका

गोरखा / सुक्खा पहिरो खसेर मनास्लु पदमार्ग अवरुद्ध भएको छ । धार्चे गाउँपालिका-७ खानीबेंसीमा पहिरो खसेर पदमार्ग पुरिएको हो । पदमार्ग पुरिँदा उत्तरी गोरखाको जनजीवन प्रभावित भएको छ।

खानीबे‌ंसी भीरबाट झरेको सुक्खा पहिरोले पदमार्गको करिब १५ मिटर क्षेत्र ढाकेको धार्चे-७ का वडासदस्य पान्दुर गुरुङले बताए । धार्चे गाउँपालिकाको केन्द्र माछाखोला, उहिया, केरौजा तथा सिंगो चुमनुव्री गाउँपालिका पुग्ने बाटो नै पहिरोले ढाकेपछि आउजाउ ठप्प भएको उनले बताए । ‘बुढीगण्डकीको किनारमा तल झरेर जाने ठाउँ पनि छैन, माथि पनि भीर छ,’ उनले भने,‘पहिरो खसिरहेको छ, तत्कालै पन्छाउन सकिने देखिँदैन ।’

बिहीबार दिउँसो ३.३० बजे पहिरो खसेपछि उत्तरी गोरखा आउजाउ गर्ने पैदलयात्रु बीच बाटोमै रोकिएका छन् । केही यात्रु नौली खोला र केही खानीबेंसीमा रोकिएको गुरुङले जानकारी दिए । ‘वारपार गर्ने ठाउँ नै छैन, पहिरो गएर भीर ओडारजस्तो बनेको छ ।

फेरि पहिरो झर्ने सम्भावना पनि उत्तिकै छ,’ उनले भने । बर्खा लागेसँगै बेनिघाट-आरुघाट-लार्के सडक खण्डअन्तर्गत नौलीखोलाबाट सवारी सञ्चालन हुन सकेको थिएन । स्थानीयवासी पैदल नै आउजाउ गर्थे । उक्त सडकखण्डअन्तर्गत खानीबेंसीको पहिरोले दुई पालिकाका बासिन्दाको आवतजावत रोकिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->