बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

क्यानले कम्प्युटर मेला गर्ने

क्यानले कम्प्युटर मेला गर्ने


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८०, शुक्रबार

बागलुङ/ कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) बागलुङले कम्प्युटर सम्बन्धि मेला, गोष्ठि र सेमिनार गर्ने कार्यक्रम प्रस्ताव गरेको छ । महासंघले विश्वव्यापी फैलिएका प्राणघातक रोगहरुका कारण व्यवसायीक क्षेत्रमा परेको असरलाई न्युनिकरणका लागि कम्प्युटर सम्बन्धि मेला, सेमिनार र गोष्ठि गर्ने प्रस्ताव गरेको हो ।

महासंघको आठौं साधारणसभामा कोषध्यक्ष विकाश श्रेष्ठले उक्त कार्यक्रम प्रस्तुत गरेका थिए । बागलुङ बजारमा कम्प्युटर सम्बन्धि व्यवसाय गर्ने सबै व्यवसायीको हितमा हुनेगरी कार्यक्रम प्रस्ताव गरिएको अध्यक्ष सुदिप राजभण्डारीले बताए । अघिल्लो साधारणसभाबाट पारित भएका कार्यक्रमहरु बिबिध कारणले सम्पन्न गर्न नसकेको भन्दै क्यानले व्यवासयीको हितमा हुनेगरी नयाँ कार्यक्रम प्रस्ताव गरेको हो ।

‘मेलाले कम्प्युटर व्यवसायको क्षेत्रमा नयाँ आयाम ल्याउँछ, समस्याको पहिचान, सेवाग्राहीको सन्तुष्टि पनि परीक्षण हुन्छ’ अध्यक्ष राजभण्डारीले भने ‘नियमित कार्यक्रमभन्दा केही फरक गर्ने प्रयास हुने छ ।’ आगामी दिनमा क्यानको सक्रियतामा इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा बिबिध कार्यक्रम सञ्चालन गर्ने योजना समेत रहेको साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभामा बोल्दै कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)का केन्द्रिय सदस्य चिन्तामणी बास्तोलाले सूचना प्रबिधिको युगलाई बुझेर क्यानमा आवद्ध व्यवसायीहरु आफ्नो व्यवसाय गर्नुपर्नेमा जोड दिए । नयाँ युग सुहाँउदो व्यवसाय भएकाले क्यान आबद्ध व्यवसायीले आफुलाई परिमार्जन र परिस्कृत गर्नसक्नुपर्नेमा उनको जोड थियो ।

साधारणसभामा कोषाध्यक्ष श्रेष्ठले आर्थिक बर्ष २०७९/८० को आर्थिक प्रतिवेदन रसचिव देबी प्रसाद आचार्यले प्रगति प्रतिवेदन पेश गरे । कार्यक्रममा बक्ताहरुलाई क्यानलाई थप सकृय भएर लाग्न आग्रह गरे । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) बागलुङका अध्यक्ष सुदिप राजभण्डारीको अध्यक्षता, सचिव देवीप्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->