आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले लुम्बिनी सचिवमा दाङका आचार्य निर्विरोध निर्वाचित

एमाले लुम्बिनी सचिवमा दाङका आचार्य निर्विरोध निर्वाचित


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०८०, सोमबार
प्रदेश सचिवबाट उम्मेदवारी फिर्ता लिएका सोमनाथ सापकोटा र लक्ष्मण आचार्य ।

बुटवल / नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य यसअघि पनि प्रदेश कमिटी सचिव थिए ।

मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले बताए ।

आचार्यले प्यानलगत नभई व्यक्तिगत हिसाबले उम्मेदवारी दिएको बताए । एमालेको लुम्बिनी प्रदेश कमिटीका लागि अरु पदमा भने चुनाव हुने भएको छ ।

५ पदाधिकारीमा १४ र २ सय सदस्यमा ३ सय ६४ जनाको उम्मेदवारी परेको थियो । अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->