शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

माओवादी नेता पौडेलको प्रश्न: गठबन्धन जोगाउन कांग्रेसका भ्रष्टाचारीलाई संरक्षण गर्नुपर्ने ?

माओवादी नेता पौडेलको प्रश्न: गठबन्धन जोगाउन कांग्रेसका भ्रष्टाचारीलाई संरक्षण गर्नुपर्ने ?


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८०, आइतबार

पोखरा / नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले गठबन्धन टुटे पनि सरकारले सुशासनलाई निरन्तरता दिने बताएका छन् ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका पौडेलले भ्रष्टाचारका कुरा उठाउँदा गठबन्धनकै दल कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेको भन्दै विरोधका बाबजुद पनि सरकारले सुशासनलाई निरन्तरता दिने बताएका हुन् ।

‘भ्रष्टाचारका कुरा उठाउँदा गठबन्धनकै दल कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्छ‚’ उनले भने, ‘गठबन्धन जोगाउन कांग्रेसका भ्रष्टाचारीलाई संरक्षण गर्नुपर्ने ? सरकार ढले पनि गठबन्धन टुटे पनि सरकारले सुशासनलाई निरन्तरता दिनेछ ।’ सरकार सुशासन, सामाजिक न्याय र समृद्धिका लागि अभियानमा लागेको लागेको उनले वताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र फालेर राजतन्त्र स्थापना गर्न आन्तरिक रूपमा झुन्डहरू सल्बलाएको समेत बताए । संघीयतामाथि पटक-पटक आक्रमण भएको बताउँदै उनले यो व्यवस्थालाई संरक्षण गर्न आवश्यक रहेको बताए । संघीयता, समावेशी, संविधान माओवादीले ल्याएको बताउँदै उनले यसलाई संरक्षण गर्न जरूरी रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->