स्याङ्जा स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ७ को आयोजनामा शनिबार भएको वडास्तरीय तीज गीत प्रतियोगितामा सृजनशिल आमा समुह तिलाहार प्रथम भएको छ । ११ समुहलाई पछि पार्दै सिर्जनशिल प्रथम भएको हो । सिर्जनशीलले नगद १५ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त ग¥यो ।
प्रतियोगितामा गृहलक्ष्मी आमा समुह गहते मर्तमास दोस्रो हुँदै १० हजार रुपैयाँ प्राप्त ग¥यो भने जनजागृती आमा समुह जिमिरे तेस्रो र खिलुङ कालिका आमा समुह सान्त्वना हुँदै क्रमश पाँच हजार र दुई हजार रुपैयाँ प्राप्त ग¥यो ।
प्रतियोगि समुहहरुले वडाको विकास, पर्यटन, र आर्थिक संवृद्धिको बारेमा गीत गाएका थिए । गीतको माध्यमबाट उनीहरुले वडामा सडकको अभाव र वडालाई जिल्लाकै नमुना वडा बनाउने योजना ल्याउनुपर्ने सन्देश दिएका थिए । शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा रहेका वडालाई सडकमार्फत जोडिनुपर्नेमा समेत गीतहरुले जोड दिएको थियो ।
वडा ७ का वडा अध्यक्ष तारा प्रसाद अर्यालले वडाको विकासका लागि नै तीज गीत प्रतियोगितामा शिक्षा, स्वास्थ्य र विकासका कुरालाई समेट्नुपर्ने नियम राखेको सुनाए । उनले वडाको विकासका लागि जनप्रतिनिधि तयार रहेको र विकासका खुड्किलाहरु बढिरहनुका साथै संस्कृति जगेर्ना गर्नाका लागि प्रतियोगिताको आयोजना गरेको सुनाए ।
‘संस्कृतिको जगेर्ना र गीत मार्फत जनप्रतिनिधिहरुले गर्नुपर्ने काम र गुनासो सुन्ने सुनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । यसलाई आगामी वर्ष पनि निरन्तरता दिनेछौं’ उनले भने ।
गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले गीतले समाजको यथार्थ चित्रण गरेको सुनाए । उनले वडा मात्र नभई समग्र जिल्लाको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई अघि बढाउनुपर्ने सुनाए ।
कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख गोविन्दकुमार कर्माचार्य, उपप्रमुख भगवती रेग्मी अर्याल, वडाध्यक्ष ताराप्रसाद अर्याललगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिइने वडाध्यक्ष अर्यालले जानकारी दिए ।




