पोखरा/ असोज १५ र १६ गते पोखरामा हुने नेकपा एमाले गण्डकी प्रदेसको प्रथम अधिवेशन सांस्कृतिक झाँकीले झकिझकाउ हुने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उदघाटन हुने अधिवेशनमा गण्डकी प्रदेशको हिमाल–पहाड– तराइको सम्पुर्ण सांस्कृतिक झाँकी प्रस्तुत गरिने झाँकी ब्यवस्थापन उपसमिति संयोजक हुमबहादुर गुरुङले जानकारी दिए ।
सांस्कृतिक विविधताको संगम, राष्ट्रिय एकता र सद्भावको सन्देश दिने गरी घाँटु, चुडका, छ्याडु, कौरा, सोरठी, बालन, भजन, तायःमचा, लाखे नाच, लठ्ठी नाच, तामाङ सेलो, थकाली, हिमाली नाच, गन्धर्व संस्कृति, पन्चैबाजा लगायत विभिन्न समुदायगत र क्षेत्रगत मौलिक प्रस्तुतिहरु हुने उनले बताए ।





