शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एमाले गण्डकीले सार्वजानिक गर्यो प्रथम अधिवेशनको लोगो

एमाले गण्डकीले सार्वजानिक गर्यो प्रथम अधिवेशनको लोगो


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८०, मंगलबार

पोखरा /  नेकपा एमाले गण्डकीले असोज १५ र १६ गते पोखरामा हुने पार्टीको प्रथम प्रदेश अधिवेशनको लोगो मंगलवार सार्वजानिक गरेको छ ।

लोगो सार्वजानिक गर्दै एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशनलाई ऐतिहासिक रुपमा सफल बनाउन सम्पूर्ण तयारी गरिएको भएको वताए ।

अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने र प्यानलगत रुपमा उम्मेदवारी दिन नपाईनेगरी आचारसंहिता बनाइने वताए । पार्टीभित्र वैचारिक रुपमा एकता रहेको र स्वार्थजन्य मेल रहेको भएपनि अधिवेशनबाट हटाईने वताए ।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले अधिवेशनमा करीव ९ सय जना प्रतिनिधी सहभागी हुने जानकारी दिए । प्रदेशमा ६३ हजार ५ सय ३५ संगठित सदस्य रहेको तीनै सदस्यहरुबाट भूगोलको आधारमा प्रतिनिधी छनौट गरिने वताए ।

अधिवेशन समपन्न गर्न प्रदेश अध्यक्ष नवराज शर्माको संयोजकत्वमा प्रतिवेदन तयारी उपसमिति, मिन प्रसाद गुरुङको संयोजकत्वमा आर्थिक उपसमिति, रश्मी आचार्यको संयोजकत्वमा प्रचार प्रसार उपसमिति र धनञ्जय दवाडीको संयोजकत्वमा प्रतिनिधी ब्यवस्थापन उपसमिति गठन गरिएको छ ।

त्यसैगरी, माधव वास्तोलाको संयोजकत्वमा मञ्च ब्यवस्थापन र खानाखाजा उपसमिति, मोहन रेग्मीको संयोजकत्वमा स्वयमसेवक परिचालन उपसमिति, बुद्धिमान श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य उपसमिति, मन कुमार श्रेष्ठको संयोजकत्वमा सांस्कृतिक उपसमिति, युवराज पौडेलको संयोजकत्वमा आवास उपसमिति, हुम वहादुर गुरुङको संयोजकत्वमा झाकी व्यवस्थापन उपसमिति गठन गरी कार्य योजना निर्माण गरिएको उपसचिव तथा प्रचार संयोजक रश्मी आचार्यले वताए ।

अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलिले असोज १५ गते पोखराको अमरसिंहचौरमा भब्य कार्यक्रमका विच उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->