शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकीका सांसदलाई सुनजडित नयाँ लोगो, चौघेरा चाहिँ चाँदीको

गण्डकीका सांसदलाई सुनजडित नयाँ लोगो, चौघेरा चाहिँ चाँदीको


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०८०, बिहिबार

पोखरा/गण्डकीको नयाँ लोगो पनि सुनजडित बनाइने भएको छ । जसको बेसमेन्टमा चाँदी प्रयोग गरिनेछ भने सुनको जलप लगाइनेछ । प्रदेशसभाले स्विकृत गरेको नियमावली अनुसारकै नयाँ प्रतीक चिन्ह प्रदेशसभा सदस्यहरुले पाइसकेका भने छैनन । तर, नयाँ लोगोमा पनि सुन र चाँदी प्रयोग गर्ने कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ ।

गण्डकीमा असार २२ गतेको प्रदेशसभाले प्रदेशसभा नियमावली, २०८० पारित ग¥यो । सोही नियमावलीको अनुसूची ८ मा प्रतीक चिन्ह (लोगो) को व्यवस्था गरिएको छ । यो लोगो नियम २२२ सँग सम्बन्धित छ ।

‘सदस्यहरुले प्रयोग गर्ने प्रतीक चिन्ह (लोगो) अनुसूची ८ बमोजिमको हुनेछ । त्यस्तो प्रतीक चिन्हको प्रयोग र सम्मानमा सदस्यले उचित ध्यान दिनुपर्नेछ,’ उपनियम २ मा भनिएको छ ।

नयाँ लोगोको चौघेरा स्वर्ण रंगको छ । धानको बालादेखि दुई हात पनि सुनौलो रंगका नै छन् । लोगोभित्र निलो रंग प्रयोग गरिएको छ, जसको अर्थ आकाश हुने उपसमिति संयोजक पौडेलले बताए ।

स्वीकृत नयाँ लोगोमा अंकित हिमाललाई माछापुच्छ«ेको आकार दिन खोजिएको छ । हिमालमा पनि सुनौलो रंग नै दिइएको छ । नेपालको नक्साभित्र गण्डकी प्रदेशको भूगोललाई भने खरानी रंगमा राखिएको छ । नेपालको बाँकी भूगोल सुनौलो रंगमा नै छन ।

खरानी रंगको पृष्ठभूमिमा सुनौला अक्षरले गण्डकी प्रदेशसभा लेखिएको छ । गण्डकी प्रदेशको भूगोलमाथि भने नेपालको झण्डा राखिएको छ । नियमावलीका लागि गठित समितिले लोगोका लागि प्रदेशसभा सदस्य सुधीरकुमार पौडेलको संयोजकत्वमा छुट्टै उपसमिति बनाएको थियो । उक्त उपसमितिले डिजाइनसँग सम्बद्ध व्यक्ति तथा संस्था, पूर्वसांसदलगायतबाट राय लिएर नयाँ लोगोसहितको प्रतिवेदन मस्यौदा समितिलाई बुझायो ।

उपसमिति संयोजक पौडेलका अनुसार यस अगाडिको लोगो भद्दा, कुनै गैरसरकारी संस्था, सामाजिक संस्थाको जस्तो देखिएको हुँदा नयाँ लोगो बनाइएको हो ।यही नयाँ लोगोलाई चाँदी र सुनको धातुबाट बनाउन लागिएको हो ।

प्रदेशसभा तथा कार्यव्यवस्था परामर्श समितिका सदस्य विन्दुकुमार थापाले अनुसार २/३ दिनभित्रै धातुको नमूना लोगो हेरिसकेपछि कोटेशनको प्रक्रियामा जाने बताए ।

‘कार्यव्यवस्थामा छलफल भएको छ । कालीगढले एउटा नमूना ल्याएका थिए । त्यही करिबकरिब फाइनल भएको छ । प्लाष्टिकको बनाएर ल्याएर हे¥यौँ । अहिले धातुको बनाएर ल्याउन भनेका छौँ,’ उनले भने ।

थापाका अनुसार लोगोको बेस चाहिँ चाँदीको हुन्छ, नेपालको नक्सामा गण्डकी प्रदेश चाँदीको हुन्छ । नक्साको अन्य भाग चाहिँ सुनको हुन्छ । लोगोको किनारामा पनि सुनको जलप नै लगाइन्छ । धेरै मूल्य पर्दैन भन्ने छ ।तर, निश्चित मूल्य चाहिँ कोटेशन मागेपछि मात्रै थाहा हुने उनले बताए । २÷३ दिनमा धातुको नमुना हेरिने र त्यसपछि कोटेशन मागेर लोगो बनाइने उनले बताए ।

गण्डकीको लोगोको चौघेर ३२ मिलिमिटरको छ भने मोटाई २ मिलिमिटरको हुनेछ ।अघिल्लो कार्यकालमा प्रदेशसभा सचिवालयले २५ हजार पुरस्कार राशी राखेर प्रदेशको लोगो बनाउन सार्वजनिक प्रस्ताव आह्वान गरेको थियो । त्यतिबेला प्रदेशसभामा कार्यरत कर्मचारीले नै बनाएको लोगो छनोट भएको थियो ।

अघिल्लो कार्यकालमा सुरुमा प्रदेशसभा सदस्यहरुले एक सय ९५ रुपैयाँ पर्ने प्लाष्टिकको लोगो प्रयोग गर्ने गरेका थिए । तर, पछि सोही लोगोलाई सुन र चाँदी प्रयोग गर्दा मूल्य छ हजार ५०० पुगेको थियो ।अहिले भने लोगो नै फेरिएको छ । प्रदेशसभा सदस्यहरुलाई सुरुमा नै सुनचाँदी जडित लोगो उपलब्ध गराइने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->