आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

प्रदेश संरचनाबारे गण्डकीका मुख्यमन्त्री पाण्डेले मागे कांग्रेसको धारणा

प्रदेश संरचनाबारे गण्डकीका मुख्यमन्त्री पाण्डेले मागे कांग्रेसको धारणा


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८०, आइतबार

काठमाडौं/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनाबारे नेपाली कांग्रेसको धारणाबारे जानकारी मागेका छन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पाण्डेले केन्द्रीय समिति बैठकमा बोल्दै प्रदेश संरचनाबारे पार्टीको आधिकारिक धारणा माग गरेका हुन् ।

उनले कांग्रेसले संविधानमा उल्लेख भएर मात्र संघीयतालाई आत्मसात गरेको हो वा यसलाई लागू गर्ने दृढ इच्छाशक्ति पनि छ भन्दै प्रश्न गरे ।

संघीयताका विषयमा प्रश्न उठिरहेको भन्दै उनले अब कांग्रेस यो बारेमा प्रष्ट हुनुपर्ने बताए । संघीय, प्रदेश र स्थानीय गरी तीन तहको संरचना रहेकामा अहिले पहिलो प्रहार प्रदेश संरचनामाथि भइरहेको पाण्डेको भनाइ छ ।

संविधानमा कल्पना गरेअनुसारको कानुन संघीय सरकारले नबनाउँदा प्रदेश सरकारले चाहेर पनि काम गर्न नसक्ने अवस्था रहेको उनको गुनासो थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->