पोखरा / गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन बिहीबार रातिबाट अन्त्य हुने भएको छ । गण्डकी प्रदेश सरकारले चालु अधिवेशनको अन्त्य गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले बिहीबार राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अन्त्य गरेका हुन् ।
नेपालको संविधान धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशनको अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।






