बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

यामाहाको ए एस पी र स्पेयर पार्ट्स भेटघाट सम्पन्न

यामाहाको ए एस पी र स्पेयर पार्ट्स भेटघाट सम्पन्न


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८०, शनिबार

पोखरा/ यामाहाको नेपाल स्थित आधिकारिक बिक्रेता एम ए डब्लुले पोखरामा एएसपी र स्पेयर पार्ट्स भेटघाट सम्पन्न गरेको छ । असोज १० र ११ गते आयोजना भएको विशेष कार्यक्रममा यामाहाका एएसपी सञ्चालक र स्पेयर पार्ट्स प्रदायकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा ए एस पी बाट १२० जना र स्पेयर पार्ट्सबाट १४० जना गरी कुल २ सय ६० जनाको उपस्थिती रहेको थियो । एम ए डब्लुका सिईओ राजु क्षेत्री समेतको उपस्थिती रहेको उक्त दुई दिनको कार्यक्रममा नेटवर्किङ, ज्ञान साझेदारी र सहकार्यको बिषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा एएसपीका सदस्यहरुलाई बिक्री पछी दिईने सेवा, गुणस्तरिय सेवाको बारेमा तालिम दिईएको थियो । भने, स्पेयर पार्ट्स इन्चार्जलाई इन्भेन्टरी व्यवस्थापनमा तालिम, सवारी साधनको स्थायित्व र सवारको सुरक्षाका लागि वास्तविक स्पेयर पार्ट्सको प्रयोगको महत्त्वको बारेमा पनि तालिम दिईएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->