शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एमाले गण्डकी अधिवेशनको तयारी पुरा, ९०७ जनाले नेतृत्व छनौट गर्ने

एमाले गण्डकी अधिवेशनको तयारी पुरा, ९०७ जनाले नेतृत्व छनौट गर्ने


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०८०, आइतबार

पोखरा / नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने भएका छन् । प्रदेशका ११ जिल्लाबाट सहभागी हुने ती प्रतिनिधीले नयाँ नेतृत्व छनौट गर्ने प्रदेश अध्यक्ष नवराज शर्माले वताए । पार्टीले आइतबार पोखरामा सञ्चारकर्मीसंग भेटघाट कार्यक्रम आयोजना गरी प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको र बन्द शत्रपछि हुने निर्वाचनले नयाँ नेतृत्व छनौट गर्ने जानकारी दिएको छ ।

अधिवेशनमा सबैभन्दा धेरैं प्रतिनिधि कास्की जिल्लाबाट रहनेछन् । कास्कीबाट कुल १ सय ४६ जना प्रतिनिधि सहभागी बन्दा स्याङजाबाट १ सय १३, पर्वतबाट १ सय १०, नवलपुरबाट १ सय ९, मनाङबाट १४, मुस्ताङबाट १६, गोरखाबाट ५३, तनहुँबाट ८२, लमजुङबाट ६५, म्याग्दीबाट ४२, बागलुङबाट ७२ र जनसंगठनबाट ८६ प्रतिनिधिले सहभागीता जनाउने एमाले गण्डकी प्रदेश उपसचिव एवं प्रचार प्रसार उपसमिति संयोजक रश्मि आचार्यले जानकारी दिए ।

अधिवेशनको उद्घाटन सत्र झाकीसहित भव्य बनाउने तयारी छ । पोखराको अम्मरसिंह चौरमा हुने उद्घाटन समारोहमा ५० हजार कार्यकर्ता तथा शुभचिन्तकको उपस्थिति हुने दावी एमाले गण्डकीले गरेको छ । अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । सो कार्यक्रममा अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा लगायतका शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको अध्यक्ष नवराज शर्माले वताए।

अधिवेशनको उद्घाटन समारोह अगाडि सहभागीहरु पोखराको हस्पीटलचोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट बृहत झाकिसहितको र्‍याली मार्फत अम्मरसिंह चौरतर्फ प्रस्थान गर्नेछन् ।

अधिवेशनबाट नयाँ नेतृत्वसहितको कार्यसमिति निर्वाचित हुने भएकोले छनोट भएका प्रतिनिधि सहित कार्यकर्तामा रौनकता थपिएको छ । आगामी नेतृत्व कसको हातमा पुग्ला भन्नेमा विभिन्न अडकलबाजी हुन समेत थालेको छ । नेतृत्वको लागि आकांक्षा राख्नेहरु धेरैं भएपनि हालका अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीबिच अन्तिम प्रतिष्पर्धा हुने आकलन गरिएको छ । दुवैजनाले आफ्नो पक्षमा बहुमत प्रतिनिधि रहेको दावी गरिरहेका छन् ।

अधिवेशन मार्फत १ सय ६५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ । नेतृत्वमा मात्र नभएर पदाधिकारी र सदस्यमा आफ्नो पक्षमा माहोल बनाउन थालेका छन् ।

प्रदेश गण्डकीका अध्यक्ष नवराज शर्माले विद्युतिय भोटिङ मेसिन मार्फत निर्वाचन गरिने भएकोले रिजल्ट आउन समय नलाग्ने सञ्चारकर्मीसँग बताए । उनको यो भनाईबाट के बुझ्न सकिन्छ भने अधिवेशनमा निर्वाचन हुने लगभग पक्का भएको छ ।

‘१५ गते उद्घाटन सत्र र साँझ बन्द सत्र सुरु हुने, १६ गते प्रतिवेदनमाथी छलफल र निर्वाचन प्रक्रिया आरम्भ गरिने र १७ गते मतदान गरेर सोही दिन रिजल्ट सार्वजनिक गर्ने तयारी गरेका छौं’ शर्माले भने ।

एमाले सचिव एवं प्रदेश इञ्चार्ज गोर्कण विष्टले सहमतीको अन्तिम प्रयास बाँकीनै रहेको बताए । गण्डकीमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई देखाएर प्रतिनिधिलाई ध्रुवीकृत गर्न खोजिने गरिएपनि दुई नेताबिच कुनै अन्तरविरोध भएको आफूले नपाएको दावी गरें । दुवैनेतासँग बसेर आफुले लामो समय छलफल गरेको उनको भनाई थियो ।

‘मैले उहाँहरुसँग कुरा गर्दा कुनै अन्तरविरोध, नमिल्ने अवस्था देखेको छैन, उहाँहरुको बिचमा हार्दिकताकै अनुभव गरिरहेको छु, तर कहिलेकाँही उहाँहरुलाई ध्रुवीकृत गर्न खोज्ने र त्यसमाथि टेक्ने प्रयास हुन सक्छन्’ उनले आशंका गरें ।

इञ्चार्ज विष्टले प्रतिष्पर्धा गर्नको लागि कसैलाई नरोक्ने भएपनि प्यानल खडा गरेर जाने छुट भने नदिइने दोहोर्‍ याए । ‘सहमती हुन नसके निर्वाचन हुनेछ, अधिकतम सहमतीको प्रयास गर्नेछौ, प्रक्रिया सुरु भएपछि प्रक्रिया लामो बनाउनेछन्, प्यानल बनाएर चुनाव लड्ने अधिकार भने यो अधिवेशनले प्रदान गर्नेछैन’ उनले थपे ।

अधिवेशनको लागि बाहिरी जिल्लाबाट पोखरामा आउने प्रतिनिधिको आवासको लागि २१ वटा होटल बुक गरिएको र प्रतिनिधिहरु तोकिएका स्थानहरुमा नै रहनुपर्ने गरी ब्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->