पोखरा/ अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नआउने पक्का भएपछि एमाले गण्डकीले महासचिव शंकर पोखरेललाई ‘प्रमुख अतिथि’ थापेर उद्घाटन सत्र विसर्जन गर्ने भएको छ । मौषम खराब भएपछि प्रमुख अथितिको रुपमा प्रचारित अध्यक्ष ओलीको पोखरा भ्रमण सम्भव नभएको हो ।
उद्घाटन सत्रको सुरुमा भने उनी मञ्चमा देखिएनन् । अध्यक्ष नआउने भएपछि अन्तिममा उनी मञ्चमा देखिएका हुन् । पार्टी अध्यक्ष नआएपछि महासचिव कार्यक्रमलाई सम्बोधन गर्न आईपुगेका हुन् । अन्तिममा मात्र गण्डकी सचिव धनञ्जय दवाडीले माइकबाट फुके, ‘मौषम खराबीले ओली कमरेड आउन सक्नु भएन ।’





