शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एमाले गण्डकी अधिवेशनमा देखियो सूर्य चिन्हप्रति आकर्षण

एमाले गण्डकी अधिवेशनमा देखियो सूर्य चिन्हप्रति आकर्षण


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८०, सोमबार

पोखरा/ नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा सुरु भएको छ । अमरसिंह चौरमा सोमबार भएको उद्घाटन सत्रमा केही रोचक दृश्य देखिए ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध युवतीहरूले एकतिर गालामा अंग्रेजीमा ‘केपी बा’ लेखेका थिए । अर्कोतिर नेकपा एमालेको चिह्न सूर्य र हँसिया हथौडा बनाएका थिए ।
अझ अर्को फरक दृश्य त केही महिलाहरूले सूर्य चिह्न भएको सारी नै लगाएका थिए । पहेँलो रंगको सारीमा रातो रंगको सूर्य चिह्न थियो ।

अधिवेशनकै लागि छुट्टै पानीको बोतल पनि तयार पारिएको थियो । त्यसमा सूर्य चिह्नभित्र हँसिया हथौडा र केपी ओलीको तस्वीर प्रिन्ट गरिएको थियो । एमालेनिकट व्यवसायी सञ्जीवबहादुर कोइरालाले उक्त पानीको बोतल व्यक्तिगत खर्चमा तयार पारेको वताएका छन् ।
महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्‌मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, खगराज अधिकारी र थममाया थापालगायतले बोलेपछि उद्घाटन सत्र सकियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->