शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एमाले गण्डकी अधिवेशनमा कुन नेताले के भने ?

एमाले गण्डकी अधिवेशनमा कुन नेताले के भने ?


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०८०, मंगलबार

सत्ता गठबन्धनका नेता जेल जान्छन् : शंकर पोखरेल महासचिव नेकपा एमाले
सरकार अमूक भ्रष्टाचारको कुरा गरेर प्रतिपक्षीलाई छानबिनको त्रास देखाउँछ । सरकारले जुनसुकै घटनाको छानबिन गरोस् हामी तयार छौं । छानबिन होस् अन्त्यमा जेल जाने सत्ता गठबन्धनका नेताहरु नै हुनेछन् । किनकि, उनीहरु भ्रष्टाचारका हिमायति हुन् । उनीहरुको शासकीय चरित्र हो । जनतामा निराशा पैदा भएको छ र सामाजिक निराशामा परिणत भएको छ र त्यो संगठित निराशामा परिणत भएको छ । नेपाली समाजमा धार्मिक र जातीय अतिवादको नाममा मिलेर बसेको समाज, हाम्रो सामाजिक एकतामा खलल पु¥याउने काम भइरहेको छ । यसका सांस्कृतिक र धार्मिक अतिवादले देशलाई कमजोर बनाउँछ । पोखरा विमानस्थल चलाउन नदिने अभियानमा सरकार छ । अनुमति मागेकाहरुलाई अनुमति दिनुपर्छ र संचालनमा ल्याउनुपर्छ ।

मिसन ८४ भनेकै ओली नेतृत्व:  पृथ्वीसुब्बा गुरुङ उपमहासचिव नेकपा एमाले

कम्तिमा अबको १० वर्षसम्म केपी ओलीको विकल्प छैन । केपी ओली भएन भने राष्ट्रिय स्वाधिनताको यात्रा बिथोलिन सक्छ । कुनै जंगलमा दुईवटा सिंह हुँदैन । कि हारेर बस्छ, कि अर्को जंगलमा राजा हुन जान्छ । एमालेमा हिजोजस्तो वामदेव र माधव नेपालजस्तो । कहिले सीपी र झलनाथजस्तो झगडा, कहिले माधव र केपी ओलीजस्तो झगडा छैन । ६७४३ वडामा एकैदिन अधिवेशन ग¥यौ । त्यही माधव नेपाल भएको भए ७५३ पालिकामा एकैदिन अधिवेशन हुँदैनथ्यो । यो अभूतपूर्व सफलता पार्टीभित्र एकल नेतृत्व भएकाले सम्भव भएको हो ।
अहिले धेरै राजनीतिमा भ्रम सिर्जना भइराखेका छन् । हाम्रा बाबुनानीहरु फेसबुक हेर्छन्, टिकटक हेर्छन् र भ्रममा पर्छन् । राजनीतिमा एउटा कुन्चैं चटकेवालहरु चलिराखेका छन् । जसको मुलुकप्रति कुनै दर्शन छैन, कुनै योजना छैन, कुनै भिजन छैन, कुनै नीति छैन ।’  योजनाबिनाको पार्टीले कुनै विकास गर्न सक्छ ? यस्तो चटक्याइँ रुसमा भारतमा र अन्य देशमा पनि देखियो । लोकप्रियतावादले देशको भलो गर्दैन ।, राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै योजना, नीति र भिजन छैन यसले युवाहरुलार्य दिग्भ्रमित गरिरहेको छ ।’

एकता नयाँ नेतृत्वको जिम्मेवारी: गोकर्ण विष्ट सचिव 
चाहे सहमतिको नाममा आउने नेतृत्व होस् वा चुनावबाट आउने नेतृत्व नै किन नहोस्, उसले पार्टीभित्र एकता कायम गराउनुपर्नेछ, । त्यस्तो नेतृत्व आउँदा पुराना पार्टीको सान्दर्भिकता सकियो भन्नेहरु परास्त हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->