बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

माछापुच्छे« २४ औं वर्षमा

माछापुच्छे« २४ औं वर्षमा


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८०, बिहिबार

पोखरा/ माछापुच्छ्रे बैंक २३ औँ वर्षपार गरी २४ औँ वर्षमा प्रवेश गरेको छ ।
२३ वर्षअघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंक लिमिटेड ग्राहकको अटुट विश्वास तथा अगाध माया, नियमकारी निकायको मार्गदर्शन, शेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदानको फलस्वरुप आजको दिनमा आईपुग्दा व्यवसायिक बैंकहरुमा अब्बल स्मार्ट बैंकको रुपमा स्थापित हुन सफल भएको जनाएको छ ।

२३ वर्ष पूरा गरी २४ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले एक विशेष कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर यस बैंकमा सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले २३ वर्षसम्म बैंकको निरन्तर उन्नति एवं उत्तरोत्तर प्रगति तथा सम्वृद्धिका लागि अभिभावकको रुपमा निरन्तर मार्गदर्शन तथा साथ दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, कर्मचारी एवम् शुभचिन्तकहरु प्रति कृतज्ञता ज्ञापन गरे। उनले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी सञ्चालक समितिका सदस्य जयमुकुन्द खनालले यस बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्ने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुलाई बधाई तथा अटुट विश्वासका लागि धन्यवाद प्रकट गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नाराका साथ डिजिटल इकोनोमिमा प्रभावकारी भूमिका खेल्दै आईरहेको माछापुच्छ्रे बैंक लि.ले आजको दिनसम्म आई पुग्दा आफूलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्न सफल भएको बताए । उनले स्मार्ट तरिकाबाट ग्राहकहरुको चाहना तथा आवश्यकता बमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै क्रमशः आफ्ना सेवाहरुलाई अझ सरल, सहज र विश्वसनिय ढङ्गले जिम्मेवारी बोध गर्दै समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, बैंकले आफ्नो २३ औं वार्षिकोत्सबको अवसरमा विभिन्न क्यासब्याक तथा अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु (एमबीएल, एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिनेछ ।

उक्त अफरअन्तर्गत २ जना भाग्यशाली फोनपे मर्चेन्टले सामसुङ ट्याब्लेट, १ जना भाग्यशालीले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् । साथै बैंकको १ जना ग्राहकले एमबीएल एम स्मार्टबाट फोन पे बिल्स माफर्त बिल भुक्तानी गर्दा निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन् ।

यी अफरहरु आश्विन १५ देखि आश्विन ३०, २०८० गते सम्मको लागि लागू रहने बैंकले जनाएको छ ।साथै बैंकका ग्राहकले दराज मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशत सम्मको क्यासब्याक ५२३ र ७२३ रुपैयाँ, नेपाल पे क्यूआर मार्फत भुक्तानी गर्दा २३ प्रतिशत सम्मको क्यासब्याक २२३ रुपैयाँ, सिटीटेकको ३ जना फाइनपीओएस मर्चेन्टले प्रति दिन ५२३ रुपैयाँको रिचार्ज कार्ड, सीजी डिजिटल तथा सेलट्रोन नेपाल प्रालीले १ भाग्यशाली मर्चेन्टलाई सीजी टीभी र सेलट्रोन मार्फत हनर फोन पाउन सक्नेछन् । यस्तै, मोको मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्र्दा २३ प्रतिशत सम्मको २३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैयाँ पाईरहेका छन्। उक्त अफरहरु आश्विन ०१ गते देखि सुरु भएकोमा आश्विन १७ मा समाप्त हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->