पोखरा/ पोखराको मणिपाल शिक्षण अस्पताल पोखरा र माछापुच्छ«े बैक लिमिटेडबीच सम्झौता भएको छ । कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजनाअन्तर्गत दुई संस्थाबीच सम्झौता भएको हो । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र बैकबीच सहमति भएको हो ।
मणिपाल शिक्षण अस्पताल पोखराका अस्पताल प्रमुख अनिल ओड्विल र माछापुच्छ«े बैक बैक लिमिटेडका गण्डकी प्रदेश प्रमुख निलम गौतमले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।
हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएममार्फत् १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।





