पोखरा/ बजाज मोटरसाइकलले नेपालीहरुको महाना चाड बडादशैँ र तिहारको अवसरमा नयाँ स्किम ‘आम्मामा २५ गुणा अफर’ ल्याएको छ ।
गण्डकी प्रदेशको लागि बजाजको आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल्सले पोखरासहित अन्य सहरबाट सो स्किम अफर सुरु गरेको हो । ग्राहकहरुलाई दशैँ तिहारको छुटको अवसर प्रदान गर्दै बजाजले उक्त अफर ल्याएको हो । यस्तै इच्छाशक्ति अटोमोबाइल्सले पोखरामा बजाज एक्सचेन्ज महामेलाको समेत आयोजना गर्ने भएको छ । आगामी आइतबारदेखि पोखरामा एक्चेन्ज मेला आयोजना गर्न लागेको इच्छाशक्ति अटोमोबाइल्सका व्यवस्थापक भगवान विजुक्छेले जानकारी दिए । उनका अनुसार दशैँ तिहारलाई लक्षित गर्दै बजाजले नयाँ स्किम र मेलाको आयोजना गर्न लागेको हो ।
नयाँ स्किमअनुसार बजाजका प्रत्येक मोटरसाइकल खरिदमा १० हजार रुपैयाँ छुटसँगै भाग्यशाली ग्राहकले २ लाख ५० हजार रुपैयाँसम्म छुट पाउनेछन् भने एक्चेन्ज मेलामा पुरानो मोटरसाइकल एक्सचेन्जमा थप दश हजार रुपैयाँ पाउने व्यवस्था रहेको छ । यस्तै ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्न सकिने बिजुक्छेले जानकारी दिए । हुलास फिन सर्भ प्रालिअन्तर्गत आधा डाउनपेमेन्टमा किस्तामै मोटरसाइकल खरिद व्यवस्था गरिएको हो ।
चाडपर्व लक्षित स्किममा एक वर्षको कर छुट, पाँच वर्षको इन्जिन वारेन्टी, एक वर्ष ब्याट्री ग्यारेन्टीलगायतका अफरहरु रहेका छन् । एक्सचेन्ज गर्न आउने ग्राहकका लागि भ्यालुएसन बाहेक थप दश हजारसँगै हेलमेट, लेगगार्ड, ब्याग र किरिङ प्रदान गरिनेछ । त्यतिमात्र होइन बजाजले २०२२ मोडल खरिद गर्ने ग्राहकका लागि समेत विशेष छुटको व्यवस्था गरेको छ । यस्तै बजाजको कुनैपनि बाइकबाट टिकटक बनाइ उत्कृष्ट हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरेको बिजुक्छेले जानकारी दिए ।
उत्कृष्ट टिकटक बनाउनेलाई छनोट गरी प्रथम, द्धितीय र तृतीयले आकर्षक पुरस्कार पाउनेछन् । पोखरा सभागृहमा हुने बजाजको एक्चेन्ज मेला विहान १० बजेदेखि अपराह्न साढे पाँच बजेसम्म कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । इच्छाशक्तिले २०२३ मोडलको बि–एस–६ भर्जन, एफआई एबीएस, एबीएस र नर्मल बाइकहरु बिक्री गर्दै आइरहेको छ ।





