आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमालेले सम्झियो कमाण्डर चित्रबहादुरलाई

एमालेले सम्झियो कमाण्डर चित्रबहादुरलाई


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०८०, आइतबार

पोखरा/ नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले प्राप्त उपलव्धिको रक्षा गर्दै अग्रजले देखेका सपना पूरा गर्ने दायित्व सवैको भएको बताएका छन् ।
नेकपा एमाले पोखरा १७ द्धारा आयोजित २००७ सालका मुक्ति सेनाका क्षेत्रीय कमाण्डर स्वर्गीय चित्रबहहादुर गुरुङको ३३ औ स्मृति सभामा बोल्दै उनले देश र जनताको अवस्थामा खासै परिवर्तन आउन नसकेकोमा चिन्ता व्यक्त गरे ।

चित्रबहादुर गुरुङ स्मृति प्रतिष्ठानको सल्लाहकार अधिवक्ता तिलक पराजुलीले स्वर्गीय गुरुङ निडर एवम् हक्की स्वभावका भएको सम्झिए ।
नेकपा एमाले पोखरा १७ का अध्यक्ष ऋषव तिमिलाको अध्यक्षतामा भएको स्मृति समाभा स्वर्गिय गुरुङकी नातिनी बुहारी शान्ता गुरुङ र पार्टी सचिव विक्रम गुरुङले अधिकार स्थापित गर्दै पार्टी निर्माणमा स्वर्गीग गुरुङको योगदानका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->