बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बागलुङमा दोश्रो बिजी लाइभ कन्सर्ट हुने

बागलुङमा दोश्रो बिजी लाइभ कन्सर्ट हुने


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०८०, आइतबार

बागलुङ/ बीर गोर्खाली युवा क्लब बागलुङले कात्तिक १ गते चर्चित कलाकार सहितको दोश्रो बिजी लाइभ कन्सर्ट गर्ने भएका छन् ।

चर्चित पप गायक नविक कुमार भट्टराइ सहितका कलाकार आउने बताइएको छ । क्लबले शनिवार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।

कोरोना संक्रमण आउनु अघि क्लबले पहिलो कन्सर्ट गरेको थियो । त्यसपछि दोश्रो कन्सर्ट हुन लागेको अध्यक्ष दिपेन्द्र गर्बुजा पुनले बताए । कन्सर्टबाट बचेको पैसा छातीको क्यान्सर भएकी काठेखोला गाउँपालिका २ भिमापोखराकी अमृता नेपालीलाई सहयोग गर्ने समेत बताइएको छ ।

कुल ९ लाख ४० हजार आम्दानी गर्ने लक्ष राखिएको कार्यक्रममा खर्च समेत उत्तिकै हुनेछ । केही रकम बचाएर पीडितलाई सहयोग गर्ने लक्ष उनीहरुले बनाएका हुन् । कार्यक्रममा स्थानीय कलाकार, पोखराको ट्रिमास व्याण्ड, अतृप्त व्याण्ड समेतको प्रस्तुती रहने बताइएको छ ।

क्लबका अध्यक्ष दिपेन्द्र गर्बुजा पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव बिजय रानाले युवाहरुलाई गीत संगीत बाट एकीकृत गर्ने अभियानमा क्लबको योगदान रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->