पोखरा/ विनोद वानियाँको संगीत र राजाराम पौडेलको रचनामा ‘साना बाबु नानी हामी’ र ‘हामी गीत गाउँछौं’ लोकापर्ण गरिएको छ ।
दुवै गीत कवि एवं संस्कृतीकर्मी तीर्थ श्रेष्ठले लोकापर्ण गरेका हुन् । पत्रकारसमेत रहेका पौडेलको रचना र गायक समेत रहेका वानियाँको संगीत रहेको ‘साना बाबु नानी हामी’ बोलको बाल गीतमा आवाज उत्पेरणा जोजिजूको रहेको छ । राजेश विष्टले एरेन्ज गरेको गीतको मिक्सिङको जिम्मेवारी बार डिजिटल स्टुडियोमा बुद्धराज ब्रजाचार्यले पुरा गरें । गीतको म्युजिक भिडियो नेत्र गुरुङले निर्देशन तथा सम्पादन तयार भएको छ । पोष्ट प्रोडक्सनको काम नेत्र इन्टरटेन्मेन्ट गरिएको भिडियोको छायाकंन दिपेश केसीले गरेका हुन् ।
यसैगरी पौडेलको रचना र वानियाँकै संगीत रहेको ‘हामी गीत गाउँछौं’ बोलको गीतमा विनित जोजिजू, सानु जोजिजू, उत्प्रेम जोजिजू र उत्प्रेरणा जोजिजूको आवाज सुन्न पाइन्छ । राजेश विष्टले एरेन्ज गरेको गीतको मिक्सिङ बार डिजिटल स्टुडियोमा बुद्धराज ब्रजाचार्यले गरेका हुन् । गीतको म्युजिक भिडियो रोहन नेपालीले निर्देशनमा तायार भयो । सम्पादन र पोष्ट प्रोडक्सनको काम अर्को प्रोडक्सनमा गरिएको गीतको छायाकंन सुवास सुवेदीले गरेका छन् ।





