बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बाराही मन्दिरमा कोजाग्रत पूर्णिमा रौनक ( फोटो फिचर)

बाराही मन्दिरमा कोजाग्रत पूर्णिमा रौनक ( फोटो फिचर)


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८०, शनिबार

पोखरा/ बडादसैंको टीकाको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा ।

मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि टीका लगाउँदै छन् ।

पोखराको फेवातालस्थित बाराही मन्दिरमा भक्तजन हरुको भिड भएको छ ।
विहानैदेखी मन्दिर दर्शनका लागि हिन्दु धर्मावलम्बीहरु मन्दीर पुगेका हुन । बाराही घाटमा पूर्णिमाका दिन मेला लाग्ने गर्छ ।
विजयादशमीका दिन टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ ।

नौ दिनसम्म पूजा आराधना गरी विजया दशमीको दिन देवी विसर्जन गरेपछि टीका र जमरा लगाउन सुरु हुन्छ ।

आजको दिनमा घरघरमा घटस्थापनाका दिनमा राखिएको जमरा साँझ विसर्जन गरिन्छ ।  (तस्वीर वसन्त शेर्पा/विजय नेपाली ) 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->