बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सोनापुर सिमेन्टको आईपीओ दोस्रो बजारमा कारोबार खुलेको पहिलो दिनमै नेगेटिभ सर्किट

सोनापुर सिमेन्टको आईपीओ दोस्रो बजारमा कारोबार खुलेको पहिलो दिनमै नेगेटिभ सर्किट


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०८०, आइतबार

काठमाडौं/ सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको छ ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको हो ।

२ असोजमा नेप्सेमा सुचीकृत भएको कम्पनीको सेयर दोस्रो बजारमा पहिलो कारोबारको लागि १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसासमम ओपनिङ रेञ्ज तोकेको थियो ।

आइतबार नेप्सेको स्पेशल प्रिओपनिङ सेसनमा ३५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर ३१५ रुपैयाँमा झरेको छ ।

हालसम्म कम्पनीको ३७०० कित्ता सेयर कारोबार भएको छ । अहिले ४ लाख ६१ हजारभन्दा बढी कित्ता सेयर बिक्री अर्डरमा छ । जसध्ये नेगेटिभ सर्किट मूल्य ३१५ मा नै चार लाख कित्ताभन्दा बढी कित्ता सेयर बिक्रीमा आएको छ ।

प्रिमियम मूलयमा नै आईपीओ निष्कासन गरेको घोराही सिमेन्टको मूल्य सार्वजनिक निष्कासन गरेको मूल्यभन्दा तल झर्दा सोनापुर सिमेन्टप्रति पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको पहिलो दिनमा नै नकारात्मक सर्किट लेभलमा झरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->