मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

हामी कहिलेसम्म विदेशिने ?

हामी कहिलेसम्म विदेशिने ?


  • निश्चल अधिकारी
  • कार्तिक १५ २०८०, बुधबार

नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राज्य हो, जसको आधिकारिक भाषा नेपाली हो । नेपालको प्रमुख सहर र राजधानी काठमाडौँ हो । ‘नेपाल’ नाम पहिलो पटक भारतीय उपमहाद्वीपको वैदिक कालका ग्रन्थहरूमा उल्लेख गरिएको छ । प्राचीन नेपालमा हिन्दु धर्मको स्थापना भएको थियो, जुन देशको प्रमुख धर्म हो । नेपाल शब्दको उत्पत्ति बारेमा ठोस प्रमाण उपलब्ध नभएतापनि एक प्रसिद्ध किंवदन्ती अनुसार मरिची ऋृषिका पुत्र ‘ने’ मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको विश्वास छ । राजा पृथ्वीनारायण शाहले नेपाल अधिराज्यको स्थापना गरेका थिएँ तर पछि राणाकालीन समयमा ब्रिटिस साम्राज्यसँग गठबन्धन गरिएको थियो । वि. सं. २०४६ सालको आन्दोलन पश्चात् संवैधानिक राजतन्त्रको नीति अवलम्बन गरिएको थियो । २०६३ को जनआन्दोलनपश्चात् राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरेका थिएँ । वि.सं. २०६५ जेठ १५ गते पहिलो संविधानसभाको ऐतिहासिक बैठकले राजतन्त्रलाई प्रतिस्थापन गर्दै नेपाललाई एक संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो । वि.सं. २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपश्चात् प्रशसनिक रूपमा सात प्रदेशमा विभाजन गरी नेपाललाई एक धर्मनिरपेक्ष संघीय संसदीय गणतन्त्र कायम गरिएको छ ।

भौगोलिक हिसाबले भन्ने हो भने नेपाल विविधतामा एकता भएको देश हो भौगोलिक हिसाबले नेपाल लगभग ८०० किलोमिटर (५०० माइल) लामो र २०० किलोमिटर (१२० माइल) चौडा, १,४७,५१६ किमी (५६,९५६ वर्ग माइल) क्षेत्रफल भएको लगभग चारकुने आकारको छ विषेशगरी यो अक्षांश २६ डिग्री २२ मिनेट, उत्तरी अक्षांसदेखि ३० डिग्री २७ मिनेनेट उत्तरी अक्षांस र देशान्तर ८० डिग्री, ४ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री, १२ मिनेट पूवी देशान्तरसम्म फैलिएको छ ।

नेपालको परिभाषित भूवैज्ञानिक प्रक्रियाहरू ७५ मिलियन वर्ष पहिले सुरु भयो जब भारतीय प्रस्तर, तत्कालीन दक्षिणी सुपरमहाद्वीप गोन्डवानाको भाग, यसको दक्षिण–पश्चिम र पछि दक्षिण र दक्षिण–पूर्वमा फैलिएको समुद्रीतलको कारणले गर्दा उत्तर–पूर्वी बहाव सुरु भएको हो । यसको साथसाथै, विशाल टेथिन महासागर क्रस्ट, यसको उत्तरपूर्वमा, यूरेशियन प्लेटअन्तर्गत पर्न थाल्योे । यी दोहोरो प्रक्रियाहरू पृथ्वीको आवरणमा संवहनद्वारा संचालित, दुवैले हिन्द महासागर सिर्जना ग¥यो र भारतीय महाद्वीपीय क्रस्टलाई अन्ततः यूरेशियालाई कम गर्न र हिमालयलाई माथि उठाउन दियो । बढ्दो अवरोधहरूले ठुला तालहरू सिर्जना गर्ने नदीहरूको मार्गहरू अवरुद्ध पा¥यो, जुन १०,००,००० वर्ष पहिले मात्र भत्किएको थियो, जसले काठमाडौँं उपत्यकाजस्ता मध्य पहाडहरूमा उर्वर उपत्यकाहरू सिर्जना ग¥यो । पश्चिमी क्षेत्रमा बाधा हुन नसक्ने धेरै बलियो नदीहरूले संसारका केही गहिरो खाडलहरू काटिदिए । उदीयमान हिमालयको तुरुन्तै दक्षिणमा, प्लेट आन्दोलनले एक विशाल खाट सिर्जना गर्यो जुन द्रुत रूपमा नदी–जनित तलछटले भरिएको थियो र अब सिन्धु–गंगा मैदानको मैदान बनाउँछ । नेपाल लगभग पूर्ण रूपमा यस टक्कर क्षेत्रभित्र पर्छ, हिमालय आर्कको केन्द्रीय क्षेत्र ओगटेको, २,४०० किमी (१,५०० माइल) लामो हिमालयको लगभग एक तिहाइ, नेपालको दक्षिणी भागको सानो पट्टी सिन्धु–गंगा मैदानको मैदानमा फैलिएको छ र दुई तिब्बती पठारसम्म फैलिएको उत्तरपश्चिमका जिल्लाहरू छन् ।

विशेषगरी नेपाललाई हिमाल–पहाड–तराई भनेर तीन भागमा विभाजन गरिएको छ । हिमाल, पहाड र तराई आदि चीनसँगको सिमानामा रहेको ८,८४८.८६ मिटर (२९,०३२ फिट) उचाइ सगरमाथा सहित विश्वको उच्चतम उचाइ समावेश गर्दछ । विश्वका अन्य सात ‘आठ हजार’ नेपाल वा तिब्बतको सिमानामा छन्ः ल्होत्से, मकालु, चो ओयु, कञ्चनजंघा, धौलागिरी, अन्नपूर्ण र मनास्लु रहेका छन् । भने, पहाड भनेको हिमाली क्षेत्र हो जहाँ सामान्यतया हिउँ पर्दैन ८०० देखि ४,००० मिटर (२,६०० देखि १३,१०० फिट) उचाइमा भिन्न हुन्छन्, १,२०० मिटर (३,९०० फिट) भन्दा कम उपोष्ण जलवायुबाट ३,६०० मिटर (११,८०० फिट) भन्दा माथिको अल्पाइन मौसममा प्रगतिको साथ तल्लो हिमालयन दायरा, १,५०० देखि ३,००० मिटर (४,९०० देखि ९,८०० फिट) सम्म पुग्ने, यस क्षेत्रको दक्षिणी सीमा हो, यस दायराको उत्तरमा उपोष्णकटिबंधीय नदी उपत्यकाहरू र ‘पहाडहरू’ वैकल्पिक छन् । त्यस्तै उपत्यकामा जनघनत्व उच्च छ तर उल्लेखनीय रूपमा भन्ने हो भने २,००० मिटरदेखि (६,६०० फिट) भन्दा कम र २,५०० मिटर (८,२०० फिट) भन्दा धेरै कम, जहाँ हिउँदमा कहिलेकाहीं हिउँ पर्दछ । अर्कातिर दक्षिणी तल्लो भूभाग वा तराई भारतको सिमाना सिन्धु–गंगा मैदानको उत्तरी किनाराको भाग हो । तराई केही पहाडी शृङ्खलाहरू भएको तराई क्षेत्र हो । समतल क्षेत्रहरू हिमालयका तीन ठुला नदीहरूः कोशी, नारायणी र कर्णालीका साथै स्थायी हिउँ रेखाभन्दा तल झरेका साना नदीहरूद्वारा बनाइएको थियो । यस क्षेत्रमा उपोष्णकटिबंधीयदेखि उष्णकटिबंधीय जलवायु छ । ७०० देखि १,००० मिटर (२,३०० देखि ३,२८० फिट) को उचाइमा रहेको चुरिया दायरा भनिने फेदको सबैभन्दा बाहिरी दायराले गंगाको मैदानको सीमा भित्री मधेश भनिने फराकिलो, तल्लो उपत्यकाहरू यी पहाडहरूको उत्तरमा धेरै ठाउँहरूमा अवस्थित छन् ।

हिन्दु पौराणिक कथा अनुसार नेपालले यसको नाम ने भन्ने पुरातन हिन्दु ऋषिबाट लिएको प्राप्त गरेको थियो, जुन विभिन्न प्रकारले ‘ने मुनि’ वा ‘नेमी’ भनेर चिनिन्छन् । पशुपति पूर्णाका अनुसार नेद्वारा सुरक्षित गरिएको स्थानको रूपमा हिमालयको मध्य भागमा रहेको देशलाई नेपाल भनेर चिनिन्थ्यो । नेपाल महात्म्यका अनुसार, पशुपतिले नेमीलाई देशको सुरक्षामा खटाएका थिएँ । बौद्ध पौराणिक कथा अनुसार, मञ्जुश्रीले काठमाडौँ उपत्यकामा रहेको दहको पानी चोभारबाट बाहिर पठाएर बस्ती बसालेको किंवदन्ती पाइन्छ भने नेले यहाँ बसोबास गर्ने समुदायको हेरचाह गर्ने घोषणा गरेका थिएँ । ने ऋषिले पालन अर्थात् संरक्षण गरेको हुनाले यो भूभागको नाम नेपाल रहन गएको मानिन्छ । नेपाली दस्तावेज अनुसार सन् १३०० ताका तयार पारिएको गोपाल राजवंशावली र सोही समयका अन्य वंशावलीमा ‘नेपाल’ को व्याख्या पाइँदैन, तर पछि आउने स्थानीय वंशावली (मुख्यतः १८२०–१८८० को समय) मा भने ‘नेपाल’ नामको व्याख्या र विश्लेषण पाउन सकिन्छ ।

जसरी १७६५ मा, गोरखाका राजा पृथ्वीनारायण शाहले थोरैमात्र हतियार र सहयोग जुटाएर छिमेकी राज्यहरू, खास गरेर लमजुङ, कास्की र तनहुँको तटस्थता आफ्नो पक्षमा उपयोग गर्न सफल भएपछि देश एकीकरणका निमित्त अघि बढेका थिए । धेरै रक्तरञ्जित लडाइँंहरू पश्चात्, उनी ३ वर्षपछि काठमाडौँ उपत्यकालाई विशाल नेपालभित्र एकीकरण गर्ने अभियानमा सफलता प्राप्त गरेका थिए । यद्यपि उनले तत्कालीन राजा जयप्रकाश मल्लले राज्य गरिरहेको कान्तिपुर (काठमाडौँ) राज्यलाई जित्ने क्रममा कुनै युद्ध गर्नु परेन । पृथ्वीनारायण शाहले आफ्ना सेनाहरू लिएर काठमाडौँतर्फ अग्रसर हुँदा काठमाडौँ उपत्यकाका सबै जनताहरू इन्द्रजात्रा मनाइरहेका थिएँ र खासै कुनै मिहिनेत बिना उपत्यकालाई कब्जा गरी आफै बसेर जात्रा चलाएर साँस्कृतिक सम्मानको अवधारणा प्रस्तुत गरेका थिए । यस प्रकार नेपाल एकीकरणको सिलसिलामा सम्पूर्ण साना राज्यहरू जितेपछि गोरखाली सेना पूर्वमा पल्लो किराँत लिम्बूवान राज्य पुगेका थिए । लिम्बूवान राज्यमा १७ पटकसम्म हमला गरेपछि वि.सं. १८३१ साउन २२ गते लिम्बूवानको केन्द्रीय राजधानी विजयपुरमा लालमोहरसहित तम्रपत्रमा लेखेर सन्धि भएको थियो । यसले वर्तमान नेपालको जन्मको आधारशिला तय गरेको थियो ।
त्यसरी नै सन् १९४० को दशकको उत्तरार्धमा लोकतन्त्र–समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनीतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रेका थिए । यसैको फलस्वरूप राजा त्रिभुवनलाई भारतले समर्थन गरि सन् १९५१ मा सत्तामा फर्काए र नयाँ सरकारको निर्माण भयो, जसमा धेरैजसो नेपाली कांग्रेसको सहभागीता थियो । नेपालको अन्तरिम शासन विधान २००७ लागु गरियोे राजा र सरकारबीच वर्षौंको शक्ति खिचातानी पश्चात् राजा महेन्द्रले वि.सं. २०१५ फागुन ७ गते नेपाल अधिराज्यको संविधान २०१५ जारी गरेका थिएँ । जसअनुसार संसद्को निर्वाचन भयो र नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्याई विश्वेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा एकमना सरकार बन्यो ।

राजा र सरकार बीचको एक दशकको शक्ति झगडापछि, राजा महेन्द्रले २०१७ मा लोकतान्त्रिक प्रयोगलाई खारेज गरे, र नेपालमा शासन गर्न पञ्चायत प्रणाली बनाइयो । राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाइयो र राजनीतिज्ञहरूलाई जेल वा निर्वासन गरियो । पञ्चायत शासनले देशलाई आधुनिकीकरण ग¥यो, सुधारहरू ल्यायो र पूर्वाधारको विकास ग¥यो, तर स्वतन्त्रतामा कटौती ग¥यो र भारी सेन्सरशिप लगायो । सन् १९९० मा जनआन्दोलनले राजा वीरेन्द्रलाई संवैधानिक सुधार स्वीकार गर्न र बहुदलीय प्रजातन्त्र स्थापना गर्न बाध्य तुल्यायो । सन् १९९६ मा माओवादी पार्टीले शाही संसदीय प्रणालीलाई जनगणतन्त्रले प्रतिस्थापन गर्न हिंसात्मक प्रयास सुरु गर्यो । यसले लामो माओवादी जनयुद्ध र १६,००० भन्दा बढीको ज्यान लियो । शाही दरबारमा भएको दरबार हत्याकाण्डमा राजा र युवराज दुवैको मृत्यु भएपछि, राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्रले सन् २००१ मा गद्दी सम्हालेका थिएँ र पछि माओवादी विद्रोहलाई आफैँलाई ध्वस्त पार्ने उद्देश्यले पूर्ण कार्यकारी अधिकार ग्रहण गरेका थिए । सन् २००६ को शान्तिपूर्ण लोकतान्त्रिक क्रान्तिको सफलतापछि माओवादी पार्टी मूलधारको राजनीतिमा सामेल भयो । नेपाल एक धर्मनिरपेक्ष राज्य बन्यो, र २८ मे २००८ मा, यो विश्वको एकमात्र हिन्दु राज्यको रूपमा आफ्नो समय–सम्मानित स्थिति समाप्त गर्दै एक संघीय गणतन्त्र घोषणा गरियो । एक दशकको अस्थिरता र आन्तरिक द्वन्द्वपछि दुईवटा संविधानसभाको निर्वाचनपछि २०१५ सेप्टेम्बर २० मा नयाँ संविधान जारी भयो र नेपाललाई सात प्रदेशमा विभाजन गरी संघीय लोकतान्त्रिक गणतन्त्र बनेको हो ।

वर्तमान परिवेशमा नेपाललाई हेर्ने हो भने वर्तमान समयमा नेपालको बेरोजगारी दर ११ प्रतिशत रहेको छ । जुन प्रतिशत भारत र चीनको ६.४ प्रतिशतभन्दा धेरै रहनु आर्थिक विकासको लागि राम्रो पक्ष होइन । हामीकहाँ प्रत्येक वर्ष ४ लाख ५० हजार युवालाई रोजगारीको आवश्यकता पर्दछ । जसमा ३ लाख युवा खाडीको रोजगारीमा, ९ हजार स्वदेशी रोजगारीमा र बाँकी बेरोजगार भएर बस्नु पर्ने दयनीय अवस्था छ । यसैबीच कोभिड १९ का कारणले नेपाली अर्थतन्त्रमा थप १५ लाख मानिसहरुले आफ्नो रोजगारी गुमाएका छन् । त्यस्तै उपलब्ध आम्दानीबाट दैनिक जीवनका आधारभूत आवश्यकताहरु सजिलै पूरा गर्न सक्ने अवस्थालाई नै गरिबी भनिन्छ । गरिबी मापन गरिने बहुआयामिक सूचकका अनुसार नेपालको गरिबीको दर २८.७ प्रतिशत छ भने १४ औँ योजनाको प्रगति विवरणका आधारमा १८.७ प्रतिशत जनताहरु गरिबीको रेखामुनि रहेको पाइएको छ । उपभोग खर्चको आधारमा गिनी सूचकांक न्ष्लष्ऋयभाष्अष्भलत शहरी क्षेत्रमा ०.३५३, ग्रामीण क्षेत्रमा ०.३११ र सम्रग नेपालमा ०.३२८ पुगेको छ । तीव्र रुपमा भैइरहेको शहरीकरण, वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणमा निरन्तर वृद्धि, कृषि ज्यालामा भएको वृद्धि, गैर कृषि क्षेत्रमा सिर्जना भएका रोजगारीका अवसरले गर्दा गरिबीको दरमा क्रमशः कमी आएको छ । पछिल्लो समयमा विश्वव्यापी महामारीको कारणबाट नेपालमा २ देखि ३ प्रतिशतका दरले थप गरिबीको सिर्जना भएको अनुमान पनि गरिएका छन् । यसैबीच देशमा सुशासन तथा भ्रष्टाचार सम्बन्धी कडा कानुनको अभाबमा प्रत्येक वर्ष २० देखि २२ लाख मानिस गरिबीको रेखामुनि बाँच्नु पर्ने बाध्यकारी अवस्थाको सिर्जना भएको छ । नवौँ पञ्चवर्षिय योजनादेखि गरिबी निवारणलाई योजनाको प्रमुख लक्ष्य मानेर कार्यक्रम सञ्चालन गरिएको भएता पनि बढ्दो राजनैतिक हस्तक्षेपका कारण लक्षित समुदायमा कार्यक्रम नपुगेको तीतो सत्य हामीमाझ छ । जसका कारण पनि गरिबीको दरमा कमी नआएको हो । नेपालको जनसांख्यिक रेकर्ड राख्ने कार्यको सुरुवात गरेको एक शताब्दी पूरा भइसकेको छ । यसबीचमा धेरै पटक नै जनसंख्या वृद्धि भएको छ । उच्च जनसंख्या वृद्धिदर आर्थिक विकासका लागि बाधकको रुपमा लिइन्छ भन्ने कुरालाई आदर्श जनसंख्या सिद्धान्तले प्रमाणित गरेको छ । वर्तमान समयमा नेपालको जनसंख्या वृद्धिदर जनगणना २०७८ लाई आधार मान्दा गरिवीको रेखमामूनी १५.१ प्रतिशत रहेको छ । जसलाई आगामी दिनहरुमा नियन्त्रण गर्दै लैजानु पर्ने आवश्यकता छ ।

तसर्थ, हाम्रो देश प्राकृतिक रुपमा सौर्दयताले भरिएता पनि जलस्रोत रुपमा धनी कृषिप्रधान देश भनेर चिनियता पनि हाम्रो देश विकासोन्मुख देशभन्दा निकै गरीब छ यसैको कारणले आज हजारौं युवा विदेश पलाएन भएका छन् किन त ? किनकी देशमा शिक्षा, स्वास्थ्य तथा रोजगार छैन अनि कसरी स्वदेशमा बस्ने वातावरण मिल्छ । अस्ति भर्खर मात्र इजाइलमा घटेको घटना हामी माझ ताजै छ । यसरी कहिल्लेसम्म हामी आम जनता विदेशीन बाध्य हुने ? के सरकारले यसतर्फ चासो दिन किन सुस्ताइरहेको छ ? यसतर्फ राज्य गम्भिर हुर्नै पर्छ ।

–लेखक अधिकारी न्यु एभरेष्ट एकेडेमी बागलुङको कक्षा ८ मा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->