मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

२४ नम्बर पिलर पारिबाट नेपाल चियाउँदा

२४ नम्बर पिलर पारिबाट नेपाल चियाउँदा

हाम्रा आँखाहरू कोराला नाकाको समथर भूभागमाथि नै थियो । २४ नं. पिलर देखिरहेका छौं तर २० हात टाढा भए पनि छुन पाएनौं । फलामे ढोका खोलेर पिलर वरपर तस्वीर लिँदै गरेका युवाहरुसँग बोल्न सकेनौं ।


  • आनन्दराज मुल्मी
  • कार्तिक १७ २०८०, शुक्रबार

नेपाल तिब्बत र चीनको परम्परागत र पौराणिकसम्बन्धमा धेरै उतार चढावहरु आएको पाइन्छ । इसं १२६० मा चीन सरकारले नेपालबाट १५० जना शिल्पकार माग गरेकोमा नेपालको तर्फबाट अरनिकोसहित ८० जना झन्डै छ महिना को पैदलयात्रापछि पेकिङ पुगेका थिए । उनिहरुले वर्षौं लगाएर निर्माण गरेका प्यागोडा मन्दिरहरू, अहिले पनि बेइजिङमा दर्शनीय स्थलको रूपमा देखाइने गरिएको छ । नेपाल र भोट (तिब्बत) बीच कैयनपटक लडाइँ भए, लडाइँपछि सन्धीहरु भए, परस्पर भ्रमणहरू आदान–प्रदान भए । नेपालवाट (त्यसताका काठमाडांै राज्य) तिब्बत जान या त केरुङ (हाल रसुवा) या कुटी (हाल सिन्धुपलाञ्चोक) वाट हिमाली क्षेत्र उचाें पर्वतहरु पार गर्दै ल्हासा पुग्न झन्डै ४५ दिन लाग्दथ्यो । सत्रौं शताब्दी इसं १६४१ मा त्यसबेलाका काजी भिमसेन मल्लको कुटनितिक प्रयासवाट एउटा सन्धी भयो । जसबाट नेपाललाइ ठूलो लाभ पुग्यो ।

१) नेपालीहरू ल्हासामा व्यापार गर्न पाउने । व्यापार निर्वाध संचालन गर्न र कुनै पनि किसिमको कर भन्सार तिर्नु नपर्ने ।
२) तिब्बतले भारततर्फ व्यापार गर्दा काठमाडौं भएर मात्र गर्न पाउने ,
३) काठमाडौं राज्यमा प्रचलनमा आएको चाँदीका सिक्काहरु ल्हासामा प्रचलनमा ल्याउने ।
४) नेपालीलाई व्यापार कोठी स्थापना गर्न दिने ।
५) कुनै किसिमको मनमुटाव झगडालाई मिलाउन एउटा कार्यालय स्थापना गर्ने ।

यी गरेवापत काठमाडौं राज्यले आफ्नो अधिनमा ल्याएको केरुङ र कुतिको आधा भाग ल्हासालाई फर्काउने गरी सन्धी भएको थियो ।
त्यसै अनुरूप काठमाडांैका ताम्राकार, कंसाकार, तुलाधर थरका व्यापारीहरु ल्हासामा पुगेर व्यापार संचालन गरे र ल्हासाको बारखोर क्षेत्रमा बसोबास गराइयो । त्यो बारखोर बजार अहिले पनि जोखाउ मन्दिर वरपर व्यवस्थित छ । त्यसताका ३२ कोटीसम्म पुगेको थियो । ल्हासालाई त्यसबेला सम्पन्नशाली बनाउन यी ३२ कोटीका व्यापारीहरूले राम्रै भूमिका खेलेका थिए । तर १९५६ पछि यी व्यापारीले भारतको कालिङ्पोङ हुँदै नाथुला जेलेपको बाटो हँुदै ल्हासामा व्यापार गरेपछि केरुङ र कुतिको चहलपहल कम हुँदै गयो । ल्हासा पुग्न झन्डै ४५ दिन लाग्ने त्यसबेलाको समय मा सिर्खाजोङ महत्वपूर्ण बजार थियो त्यहीबाट कुतिको बाटो जाने कि, केरुङ भएर जाने वा कोराला भएर मुस्ताङ जाने भन्ने तय गरिन्थ्यो ।

त्यही सिर्खाजोङलाई अहिले सिगात्से भनिन्छ र यही सिगात्से नेपाल को प्रमुख व्यापारिक थलोको रुपमा परिणत भइरहेको छ । सिगात्सेसम्म रेलवे लाइन बिस्तार भएका छन । चेङदुबाट ल्हासा हुँदै तेस्रो मुलुकबाट ल्याइने कन्टेनरहरू जम्मा गरिने स्थल बनेको छ । सिगात्सेबाट नै खासा÷केरुङ÷कोरला नाकाहरू पुग्ने राजमार्ग निर्माण भएका छन् । सत्रौं शताब्दीमा ट्रान्स हिमालयन क्षेत्रको व्यापार को नेतृत्व गर्ने नेपाल अहिले त्यो स्थितिमा नभए पनि अझै गर्न सकिने ठाउँहरू प्रशस्त रहेको पाइन्छ ।

यसपटक ल्हासा भ्रमणताका नेपाली महावाणिज्य दूतावास कार्यालय मा पुगेर महावाणिज्य दूतसँग छलफल गर्दा पनि नेपालको तर्फबाट गर्न सकिने पर्याप्त अवसरहरू भएको बारे छलफल भएको थियो । ल्हासा को विदेश विभागका निर्देशकसँग छलफल गर्दा पनि ल्हासा र वरिपरिका क्षेत्रहरुमा पूर्वाधार निर्माण प्रशस्त मात्रामा भएको हुनाले नेपालले लाभ लिन सक्ने पर्याप्त संभावनाहरू रहेको कुरा व्यक्त गरिएको थियो । ल्हासा हवाइअड्डाको विस्तार हेर्दा अचम्म लाग्दो छ । केही वर्ष अगाडीसम्म कहिलेकाहिँ मात्र जहाज ओर्लने र उडने हवाइअड्डा यसपटक ३ वटा टर्मिनलले नपुगेर अर्को निर्माण गरी विस्तार हुन लागेको देख्न पाइयो । एउटै सडकमार्ग भएको हवाइअड्डा ४ सडकमार्गले जोडेको पाइयो । ल्हासा बिस्तार हुँदैछ । पर्यटकहरू आइखेका छन् तर विदेशीहरुलाइ भने निगरानी मा राखिने गर्दछन् । आफ खुसी सवै ठाउँमा पुग्न कठिन नै छ । पोटाला दरबार र जोखाङ मन्दिर वरीपरि भिडभाड हुने नै गरेको छ । ल्हासाबाट सिगात्से पुग्न राजमार्ग बाट झन्डै साढे ४ घण्टा लाग्यो ।

४५० किमी लामो बाटो तय गर्दा पनि नयाँ निर्माण भइरहेका सुरुङ मार्ग, रेलमार्ग र थप सडक मार्ग देख्दा अत्यास नलाग्ने अनि बीचबीचचमा सोलार फार्महरु हेर्दा रमाइलो लाग्ने गर्दा सुख्खा पहाडहरूमा हरियाली बनाउने प्रयासहरू भइरहेको पनि दोखियो । यही सिगात्से जाने राजमार्ग भएर कैलाश पर्वत पुग्ने भएको हुनाले पनि बाटोमा थुप्रै गाडीहरू ओहोरदोहर गरेको पाइन्छ ।
माउन्ट कैलाश पुग्न ल्हासाबाट आली हवाइ उडान २ घण्टाबाट पूरा गर्न सकिने रहेछ । माथि उल्लेख गरेझै पश्चिम तिब्बत क्षेत्र पुग्न सिगात्से महत्वपूर्ण केन्द्रको रूपमा रहेको छ । सिगात्सेबाट जोडवा काउन्टी झन्डै ६५० कि.मी. रहेछ । जोङ्वा काउन्टी त्यो ठाउँ हो जस अन्तर्गत नेपालको मुस्ताङसँग जोडिएको लिजी नाका पर्दछ । त्यही लिजी नाका पुग्न हामी सिगात्सेबाट जोङवातर्फ लामो यात्रा मानिस्क्यौं र ११.३० घण्टाको यात्रा तय ग¥यौँ । यो राजमार्ग चीनको सबैभन्दा लामो राजमार्ग नं ३१८ पनि जोडिने रहेछ । नं ३१८ राजमार्ग पूर्र्ण सांघाइबाट सुरु भएको राजमार्ग हो । बाटो मा लाजी भन्ने स्थानमा अडिएपछि थाहा भयो सांघाइबाट ५००० किलोमिटर बिन्दु रहेछ । झन्डै ५००० मिटर उचो भूभाग पार गरेर हामी पनि लाजी भन्ने ठाउँमा एकदिन अडियौं । त्यसपछिको निरन्तर कहिले समथर कहिले पहाडी भूभाग हुँदै खोला र ताल हुँदै, चौंरी र भेडाहरुको चरन हेर्दै राति ८ बजे मात्र जोङवा काउन्टी पुग्यौ । भरखर घाम अस्ताइएको देखियो तर हामी सबैलाई कोरालानाका कतिखेर पुग्ने हो भन्ने कुराले रोमाञ्चित गराइरहेको थियो । त्यसैले पनि ११÷१२ घण्टाका लामो र ६५० किमी सड़क मार्ग पार गर्दा पनि थकान महसुस भएको थिएन र बिहान को प्रतिक्षा गरी रह्यौँ । जोङ्वा सानो सहर हो ता पनि भोलिका दिनमा कोरला नाका (नेचुङ–लिजी)नाका भनिन्छ)खुल्यो भने त्यो महत्वपूर्ण केन्द्रको रूपमा लिनुपर्ने हुन्छ । त्यही क्षेत्र भएर कैलाश पर्वत जान र केरुङ आउन सकिने भएकोले यसको महत्व रहेको छ । जोङ्वाबाट लिजी ६० किमी रहेछ । अत्यन्तै राम्रो बाटो तर विहानीपख कुहिरो लागेकोले दायावायाका टाढाभूभाग देख्न दिउसो सम्म कुर्नु प¥यो । नाउरहरू चरी रहेका थिय, चौंरीगाई र भेडाहरू चराउन पाल टाँगेर बसेका थिए । अब त तिब्बतका गोठालाहरू मोटर र मोटरसाइकल लिएर भेंडा, चौंरीगाई चराउन थालेका रहेछन् । टाढाका बस्तीहरूलाई राजमार्ग सडक अली पर व्यवस्थित ढंगले बसाउन निर्माण गरिएका छन् । निर्माण भइरहेका छन् । यद्यपी भाषा समस्या छ । तिब्बती र चिनियाँ भाषामात्र बुभ्mनेको संख्याले गर्दा भोलि हुने अन्तर्राष्ट्रिय व्यापारमा दोभाषेको खाँचो देखिन्छ । जोङवादेखि लिजीसम्मको ६० किमी बाटोको दायाँबायाँको निर्माण कार्य हेरी लिजी बन्दरगाहलाई निकै महत्व दिएको जस्तो भान हुन्छ ।

जोड़वा काउन्टीको अधिनमा रहेको लिजी क्षेत्र घुमाउन त्यहाँका उपप्रमुख पनि हामीसँगै थिए, विदेश विभागका ४ जना पनि सँगै थिए र लिजीबाट निरन्तर साथमा दोभाषेको रूपमा रहेका अधिकारी पनि साथमा थिए । झन्डै १ घण्टाको यात्रापछि हामी कोराला पारी चीनको क्षेत्रमा थियौँ । हाम्रा आँखाहरू नेपालका टल्किने हिमाल, अनि कोराला नाकाको समथर भूभागमाथि नै थियो । हामी चीनको तर्फबाट राखिएको नेपालतर्फबाट देखिने फलामे ढोका खोलेर जान सकेनौँ । २४ नं पिलर देखिरहेका छौँ तर २० हात टाढा भए पनि छुन पाएनौँ ।२४नं पिलर वरिपरि केही युवाहरू घुम्दै थिए । तस्वीर लिँदै थिए तर बोल्न सकेनाँै । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण हुने समाचारपछि कोरोला नाकाको यथार्थ र परिस्थिति बुझेर सुझाव दिन घुम्न जाऊँ न, हेर्न जाऊँ न भनेर व्यावसायिक र राजनीतिक मित्रहरुलाई सुझाव र सल्लाह दिएको थिएँ तर सफल हुन सकेको थिएन । तर, यसपटक यो प्रतिनिधीमण्डलले ठूलो अवसर प्राप्त ग¥यो र पहिलोपटक लिजी बन्दरगाहको सबै कुरा थाहा पाउने अवसर प्राप्त भयो । लिजी बन्दरगाह पूर्णतः तयारी अवस्थामा छ । ठूला २ प्रस्थान र आगमन कक्षका लागि तयार छन् । ठूला गाडी र कन्टेनरलाई आउन –जान बीचमा स्वचालित निरीक्षण प्रणाली जडान गरिएको छ अध्यागमन, भन्सार कर्मचारी, १२५ जनाभन्दा बढी कार्यरत रहेको पाइयो । सैनिक र प्रहरीसँग कतै पनि साक्षात्कार भएन । स्वास्थ क्वारेन्टाइन, खाद्यन्न र बिरुवा बोट, मासुका लागि क्वारेन्टाइन, रेडियोधर्मी वस्तुको स्क्रिनिङ, प्रज्ञापनपत्र भर्ने अनलाइन स्क्रिनिङ व्यवस्था, हातले भर्ने व्यवस्था, व्यक्तिको पहिचान र स्क्रिनिङ व्यवस्थादेखि क्यूआर कोड पद्धतिबाट पैसा भुक्तान गर्ने व्यवस्थासमेत रहेको जानकारी गराएका थिए । भंसार र अध्यागमन अधिकारीहरूको जानकारी र व्यवस्था देख्दा र रसुवागढीमा रहेको हाम्रो व्यवस्था देख्दा नेपालकोतर्फबाट गर्नुपर्ने काम निकै रहेछ भन्ने बोध भयो । अब कोराला नाकामा बन्ने हाम्रा पूर्वाधार उनीहरूकै हाराहारीमा बन्नुपर्ने स्थिति देखापरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->