बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ नगरपालिकाले १२० रुपैयाँ तोक्यो चिनीको खुद्रा विक्री मूल्य

बागलुङ नगरपालिकाले १२० रुपैयाँ तोक्यो चिनीको खुद्रा विक्री मूल्य


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८०, शुक्रबार

बागलुङ / बागलुङ नगरपालिकाले चिनीको खुद्रा विक्री मूल्य तोकेको छ । नगरपालिकाले तिहार लगायतका चाडपर्वलाई लक्षित गरी चिनीको मुल्य प्रति किलो बढीमा रु. १ सय २० सम्म तोकेको हो ।

बागलुङ नगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक राजु खड्काले बजार क्षेत्रमा चिनीको अभाव रहेकाले स्थानीय प्रधान ब्रदर्श मार्फत खरिद गरिएको चिनीको मुल्य प्रति किलो रु. १ सय २० निर्धारण गरिएको बताए ।

उपप्रमुख खड्काले प्रधान ब्रदर्श मार्फत खरिद गरिएको चिनीलाई बजार क्षेत्र तथा वडा तहसम्ममा बजार वयवस्थापनमा आवश्यक सहययोग र सहजिकरण गर्ने निर्णय गरिएको समेत जानकारी दिए ।

बजार क्षेत्रभन्दा टाढा रहेका वडाहरुमा बागलुङ नगरपालिकाले ढुवानी सेवा उपलब्ध गराउने छ । बागलुङ ब्जारका व्यवसायीहरुले चिनीलाई प्रति किलो रु. १ सय ३५ रुपैयाँमा विक्री गर्दै आएका थिए ।

नगरपालिकाले बजार अनुगमनका क्रममा व्यवसाय दर्ता, नविकरण नगरिएको, म्याद गुज्रेका सामानहरु पसलमा भेटिएको, गुणस्तरीय मापदण्ड पुरा नगरेको भेटिएका छन् ।

मिठाईजन्य खानेकुरा आफुखसी प्याकिङ गरेको, खानेकुराहरुमा रङ मिसावट गरिएको, पसलमा मुल्यसूची नराखिएको, मुल्य तोकिएका सामानको तोकिएको मुल्य भन्दा बढीमा विक्री गरेको त्रुटिहरु देखिएको छ ।

उपप्रमुख खड्काले कमजोरी गर्नेहरुलाई सचेत गराइएको र नसच्चिएमा नियमानुसार कारवाही गरिने जानकारी दिए ।

बागलुङ नगरपालिकाले जारी गरेको विज्ञप्तिको पूर्णपाठ:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->