शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

टिकटक बन्द गर्ने निर्णयको महेश बस्नेतले गरे स्वागत

टिकटक बन्द गर्ने निर्णयको महेश बस्नेतले गरे स्वागत


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०८०, सोमबार

पोखरा / नेकपा (एमाले)का नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले अन्य सामाजिक सञ्जाल र युट्युबमा पनि नियमन गर्नुपर्ने बताएका छन् ।

‘नेपालमा टिकटक ब्यान्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय । अन्य सामजिक सञ्जाल र युट्युब पनि तत्काल नियमन गरोस् । यो माध्यमबाट अपराध गरिरहेकाहरूलाई कारबाहीको दायरामा ल्याओस्,’ उनले भनेका छन् ।

एमालेका अरू नेताहरूले टिकटक बन्द गर्ने निर्णयको विरोध गरिरहेका बेला बस्नेतले भने स्वागत गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->