बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सामाजिक सुरक्षा कोषको सक्रियता

सामाजिक सुरक्षा कोषको सक्रियता


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०८०, बुधबार

पोखरा / सामाजिक सुरक्षा कोषका नवनियुक्त कार्यकारी निर्देशक कविराज अधिकारीले कोषले औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकलाई समेट्ने प्रयास गरिएको बताएका छन् । उनले सामाजिक सुरक्षा कोषले व्यक्तिको सुरक्षा गर्ने भएकाले यो कर्मचारी सञ्चयकोषभन्दा फरक रहेको पनि बताए ।

पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रमा बोल्दै उनले कोषमा आवद्ध हुनुका फाइदाबारे व्यापक प्रचार हुन नसकेको पनि स्वीकारे । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले सामाजिक सुरक्षा कोषले आफ्ना गतिविधिहरु जनस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष सूर्यबहादुर भुजेलले कोषसँग निजी क्षेत्रले सहकार्य गर्दै आएको बताए । संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले सुरक्षा कोषमा भन्झटरहीत तरिकाले आवद्ध हुने वातावरणको माग गरे ।

महासचिव बलराम आचार्यले अनौपचारिक क्षेत्रमा सुरक्षा कोष अझ पुग्न नसकेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीकी महिला उद्यमी समिति संयोजक रामकली खड्काले महिलाहरुलाई कोषमा आवद्ध हुँदाका फाइदाहरु बुझाउनुपर्ने बताइन् ।

सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले हालसम्म कोषमा ९ लाख ५० हजारजना श्रमिक आवद्ध भएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->