बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सात करदातालाई सम्मान र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत

सात करदातालाई सम्मान र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८०, सोमबार

बागलुङ / आन्तरिक राजश्व कार्यालय बागलुङले धेरै आयकर तिर्ने सात जना करदातालाई सम्मान र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ । राष्ट्रिय कर दिवसअन्तर्गतको सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा उनीहरु सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङ, जोर गणेश स्टोर्स बागलुङ, लक्ष्मी हिल ट्रेडर्स म्याग्दी, दि क्लिफ प्रालि पर्वत, स्नेहा किराना स्टोर्स पर्वत दामोदर कुण्ड कन्ट्रक्सन मुस्ताङ र हिमालय भेनियर उद्योग पर्वत रहेका छन् ।

त्यस्तै वर्षभरी उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुमध्येबाट कार्यालयमा कार्यरत शम्भु अधिकारी पुरस्कृत भएका छन् । पहिलो सेवाग्राही ढोरपाटन नगरपालिका, १ बाट व्यवसाय दर्ता गरेका बानियाँ मेडिकल एण्ड क्लिनिक प्रालिका प्रोपराइटर लक्ष्मी खड्कालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->