बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रसेवक सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा

राष्ट्रसेवक सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०८०, शनिबार

बागलुङ/राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाको साधारणसभाले आगामी ४ बर्षकालागि ११ सदस्य रहेको नयाँ संचालक समिति गठन गरेको छ । समितिको अध्यक्षमा कृष्णप्रसाद आचार्य रहेका छन् । उपाध्यक्षमा सरस्वती देवी रेग्मी, सचिवमा सोमराज पाण्डेय र कोषाध्यक्षमा माधवप्रसाद शर्मा रहेका छन् । समिितको सदस्यमा हरिराज गौतम, नहकुल शर्मा, शसिधर शर्मा, टिकादेवी शर्मा, दिपा शर्मा सापकोटा, भूमिराज शर्मा र उषा सुवेदी रहेका छ् ।

साधारणसभाले लेखा अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजकमा नारायणप्रसाद पौडेल र सदस्यमा रामचन्द्र शर्मा र महानन्द शर्मालाई चयन गरेको छ ।
साधारणसभामा सचिव सोमराज पाण्डेयले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गुप्तबहादुर कार्कीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष रेवन्त गौतमले कर्मचारीबाट खुलेको सहकारी पारदर्शी र चुस्त बन्नुपर्ने सुझाव दिए । सहकारीप्रति हेर्ने दृष्टीकोण बदलिएको समयमा सहकारीले इमान्दार काम गरेर देखाउनुपर्ने पनि बताए । कार्यक्रममा संगठनका गण्डकी प्रदेश समितिका महासचिव रामचन्द्र पहारी, पर्वतका अध्यक्ष धनबहादुर कुँवर लगायतले बोलेका थिए । संस्थाका अध्यक्ष कृष्णराज गौतमको अध्यक्षता, उपाध्यक्ष काशीराम शर्माको स्वागत र सचिव सोमराज पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->