आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

देशको विकास एमालेले मात्र गर्न सक्छ: अध्यक्ष ओली

देशको विकास एमालेले मात्र गर्न सक्छ: अध्यक्ष ओली


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०८०, आइतबार

मंगलसेन / नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमालेको सरकारले मात्र गर्न सक्ने भन्दै एमालेलाई सहयोग गर्न आग्रह गरेका छन् ।

समृद्धिसहितको सङ्कल्प पदयात्राको क्रममा अछाम सदरमुकाम मङ्गलसेनमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् । वर्तमान सरकारले देशको विकास र सुशासनमा कुनै काम नगरेको उनले बताए ।

नागरिकले देशमा सुशासन र विकास चाहेको भन्दै एमालेको नेतृत्वमा सरकार भएमात्रै जनताले विकास पाउने दाबी उनको थियो । ‘एमाले सरकारमा हुँदा झलमल्ल बत्ती बलेजस्तो हुन्छ । एमाले सरकारबाट हटेमा बत्ती गएजस्तै अँध्यारो हुन्छ’ अध्यक्ष ओलीले भने ।

पश्चिम सेती, सेती लोकमार्ग, माथिल्लो कर्णाली जलविद्युत आयोजना, चिसापानी–जंगलघाट–मङ्गलसेनको फाष्ट ट्रयाकलगायतको विकासमा एमाले दृढ रहेको ओलीले बताए ।

वर्तमान सरकारले नागरिकको हितमा काम गर्न नसकेको भन्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरू स्वार्थमा केन्द्रित रहेको आरोप लगाए । वर्तमान सरकारका पालामा बेथिति मात्रै भएको उनको टिप्पणी थियो ।

अध्यक्ष ओलीले यसअघि अछामको वयालपाटा अस्पताल, वैद्यनाथ धाम लगायत ठाउँको अवलोकन गरेर जानकारी लिएका थिए । शनिवारै साँफेबगर र चौखुट्टेमा समेत भेटघाट र ती कार्यक्रममा सम्बोधन गरेका थिए । अध्यक्ष ओली आइतबार दैलेखको राकममा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->